विजयपुर/ स्थानिय तहको निर्बाचनका लागि धरानमा खटाइएका निर्बाचन अधिकृत जयप्रसाद महतलाई परिबर्तन गरिएको छ ।निर्वाचन अायाेगले उनकाे ठाउमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापालाई जस निर्बाचन अधिकृत तोकिएको छ ।
निर्बाचन कार्यलाई चुस्त गतिमा सञ्चालन गर्न नसकेको भन्दै आलोचना हुन थालेपछि महतको ठाउमा नयाँ अधिकृत तोकिएको बताइएको छ ।नयाँ निर्बाचन अधिकृत कमल बहादुर थापाले बुधबार साँझबाट जिम्मेवारी सम्हालेका छन् ।
महतले ‘दबाबका कारण मत गणना स्थगित ’ गरिएको भन्दै बिज्ञप्ति जारी गरेपछि थप बिबाद भएको थियो। बुधबार साँझ तोकिएका नयाँ निर्बाचन अधिकृत कमलबहादुर थापाले ‘दबाबका कारण मतगणना स्थगत गरिएको नभई प्राबिधिक कारणले स्थगन गरिएको सुचना जारी गरेका छन् ।महतले भने निर्वाचन आयोगबाटै अधिकृत परिवर्तन भएको बताए ।
धरानको मतगणनाको समस्या समाधान गर्न धरान आएका सुनसरीका मुख्य निर्बाचन अधिकृत अर्जुन प्रसाद कोइराला धरान आएपछि अधिकृत तोकिएको हो । गत सोमबारदेखि रोकिएको मत गणनालाई पुन व्यबस्थित रुपमा सुरु गर्नकालागि मुख्य निर्वाचन अकृतिक कोइरालाको उपस्थितिमा बुधबार राती सम्म सर्बदलिय बैठक भएको थियो ।