धरान/ सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले जितेको छ । एमालेका मेयर उम्मेदार द्वारिकलाल चौधरी र उपमेयरममा एमालेकै उम्मेदवार लक्ष्मी गौतम विजयी भएका हुन् । चौधरीले २२६८९ मत ल्याएर विजयी भए भने उनका निकटत्म प्रतिद्वन्द्वी रोहित प्रसाई १९९८५ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा एमालेका लक्ष्मी गौतमले २१८४२ मत प्राप्त गरी विजयी भइन् भने कांग्रेसकी विमला ढकालले १८३५२ मत प्राप्त गरी विजयी भइन् ।

२०५४ सालमा समेत इटहरी नगरपालिकाको मेयर र उपमेयरमा विजय हाँसिल गरेको एमाले २० वडा मध्ये ८ वडामामात्र विजय हासिल गरेको छ । मेयर र उपमेयरमा पराजय बेहोरेको कांग्रेसले ११ वडामा जित हाँसिल गरेको छ । एक वडामा भने लोकतान्त्रिक फोरमले जितेको छ ।

कांग्रेसले वडा १,३,६,७,८,११,१२,१५,१६,१७,२० जितेको छ भने एमालेले २,४,५,९,१३,१४,१८,१९ जितेको छ । फोरमले वडा नम्बर १० जितेको छ ।

इटहरीका १०२ निर्वाचित प्रतिनिधिमध्ये एमाले ५८ ले सिट हासिँल गरेको छ । त्यस्तै कांग्रेसले ४०,फोरमले ३ र माओवादी केन्द्रले १ प्रतिनिधि हात पारेका छन् ।