तरहरा / कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यलयका राजश्व हिनामिना अझै रोकिएको छैन । ग्लोबल आईएमई बैकको नक्कली विल प्रयोग गरी सर्वसाधरण ठगिएको घट्ना पुन वाहिर आएको हो । सेवाग्राहीको काम गर्दा दलालहरुले कर्मचारीहरुकै मिलोमतोमा नक्कली विल मार्फत अबैध धन्दा भईरहेको खुलसा भएको हो ।
विहिवार इलाका प्रहरी कार्यलय इटहरीले एउटै विल नम्वर ,एउटै राजश्व नम्वर प्रयोग गरी सर्वसाधरण सेवाग्राहीलाई ठगि गरेको भन्दै स्याका टेनिङ प्रा.ली. र नेपाल जनरल मार्केट प्रा.लीमा काम गर्ने लेखन्दास अमितकुमार चौधरीलाई पक्राउ गरे सँगै यातायातमा राजश्व हिनामिना धन्दा अझै बन्द नभएको पुष्टि भएको हो । उक्त प्रा.लीका सञ्चालक पुण्यप्रसाद पौडेलले लामो समय देखि यसरी नै धन्दा गराउँदै आएको पक्राउ परेका चौधरीले वयान दिएका छन ।
ग्लोबल बैकको ४४७९३०५ नम्वरको दुई वटा विलमा बैकको राजश्व २१३९७१ नम्वरमा इन्ट्री भएको छ । इनरुवाका रामनारायण मण्डलले ९८०४३०७६९६ नम्वरमा ड्राफ गरेको भए पनि उक्त विलमा एउटामा थोरै रकम र अर्कोमा धेरै रकम देखाएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेश सुवेदीले वताए ।
सुवेदीले भने ग्लोवल बैकको विल र यातायात कार्यलयको छाप समेत किर्ते गरी सेवाग्राहीलाई झुक्याउँने गरेको रहेछन । गाडीको नमिकरणको लागी सेवाग्राही मेहेताको नाममा को २५ प ९०१५ नम्वरको मोटरसाईकल र को १५ प ८४१३ नम्वरको मोटरसाईकल नम्वर फरक फरक देखाएको छ । दुबै विलमा उक्त मोटरसाईकल नम्वर मात्र फरक छ डिएसपी सुवेदीले भने । सेवाग्राही ठग्ने विरुद्ध कडा कार्वार्ही गर्ने भन्दै उनले यातायात कार्यलय आसपासमा दलालहरुको विगविगी भईरहेको वताए ।
कार्यलय आसपासमा सेवाग्राही ठग्नेहरु बढेको भन्दै उनले प्रहरीले नियन्त्रण गर्ने वताए । क्रान्तिकारी विद्यार्थीका केन्द्रिय उपाध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव इटहरीका युवा नेता मदन चुडालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम चित्त वुझ्दो नभएको भन्दै सरकारको करोडौ राजश्व हिनामिना गर्नेलाई पक्राउ गर्ने नसकेको आरोप लगाए ।
यातायात कार्यलय सवारीको अबैध धन्दामा अन्य प्रशासन समेत मौन वस्दै आएको भन्दै मिलमतोको कारण सधै भर एउटै समस्या भएको उनको आरोप थियो । यातायातको अबैध धन्दा तत्काल रोकियोस उनले थपे । यातायात कार्यलय कोशीका निमिक्त प्रमुख भुपेन्द्र राईले लेखन्दासहरुले सेवाग्राहीलाई ठगि गरेको वताए ।
एउटै विलमा ३ हजार र ६ हजार रुपैया नविकरणको लागी लिएको भन्दै उनीहरुलाई कार्वार्ही गर्ने वताए । उनले लामो समय देखि हिसाव नमिलेको कारण समस्या भईरहेको कारण पत्ता लगाउँदै गएको उनको भनाई थियो । हामीले अहिले राजश्वको विषयमा कडाई गर्ने थालेका छौ उनले थपे ।
राजश्व हिनामिना प्रकरणमा अख्तियारले यातायात कार्यालय सवारीका तत्कालीन प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
लेखा अधिकृत कुमारबहादुर कटुवालविरुद्ध २ करोड १४ लाख र टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख , लेखापाल सुरेश अधिकारीविरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ र देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबी सहित विशेष अदालतमा अख्तियारले मुद्धा दायर गरीसकेको छ ।