लक्ष्मीमार्ग /मोरङको बेलबारी ८ राधानगर स्थित गत साल २०१६ मे १ देखी मे २५ सम्म नेपाल र चीनका सरकारी प्राविधिकको संयुक्त टोलीले पेट्रोलीयम पदार्थ खानीको प्रारम्भिक सम्भावयता अन्वेषण थालेको थियो ।महेन्द्र राजमार्ग बाट करिव ३ किलोमिटर दक्षीणमा पर्ने पेट्रोल खानीको अन्वेषण २६ वर्षदेखि रोकिएको थियो । राजमार्गमै स्थानीय युवाहरुले पेट्रोल खानी जाने बाटो लेखेर बोर्ड समेत राखिएको छ । २०४३ सालमा इटालीयन कम्पनीको सहयोगमा पहिलो चरणमा खानीको अन्वेषण गरेको थियो ।
त्यतिबेला बाहुनीमा पेट्रोलियम पदार्थको खानी नभएको निष्कर्षमा भूगर्भ विभाग पुगेको थियो । तर पनि विभागले तत्कालीन समयमा तीन विघा तीन कठ्ठा जग्गा स्थानीयलाई मुअब्जा भुक्तानी गरी लिईएको थियो । हाल दुई जना हेरालु राखेर सो क्षेत्र घेराबेरा गरी सुुरक्षित गरिएको छ ।राजमार्गमा पेट्रोल खानी जाने बाटो लेखिएको हाडिङ बोर्ड राखे पछि र केपी ओली सरकारका उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित प्राविधिक टोली आएर अनुगमन गरे पश्चात आन्तरीक पर्यटकको समेत आवगमन बढेको छ । तर पेट्रोलीयम अन्बेषण प्रकृया कहाँ पुग्यो सबै अनबिज्ञ भेटिन्छन् ।
“२५ दिनको नेपाल बसाई पछि चिनिया प्राविधिक टोली फर्केको छ, र चिन सरकारलाई रिपोर्ट बुझाई सकेको छ तर हामि संग रिपोर्ट आउन बाँकि छ” खानी तथा भूगर्भ विभागलाई पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले जानकारी दिए । रजौरेका अनुसार “ पेट्रोलीयम नियमावली संसोधनको प्रकृयामा छ, आउने आर्थीक वर्ष देखी अन्वेषणको लागी अन्तराष्ट्रिय वोलपत्र आवहान गरिनेछ ”। २७ वर्ष अघि ३५ सय २० मिटर गहिराइसम्म ड्रिल गरिसकिएको उक्त खानीमा अझै थप ड्रिल गर्नुपर्ने हुनसक्ने रजौरेले बताए ।