धरान/ धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा एमाले अग्र स्थानमा कायमै छ । एमालेका मेयर पदका उम्मेद्वार तारा सुब्बाले १५, हजार ४ सय ९६ मत ल्याई अग्रस्थानमा रहेका छन् ।
त्यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार तिलक राईले ११ हजार ९ सय ८ मत प्राप्त गरेका छन् ।
यता उपमेयरमा पनि एमाले नै अगाडि रहेको छ । उपमेयरमा एमालेकी उम्मेद्वार मञ्जु भण्डारी १५ हजार ७ सय ४९ मत ल्याई अग्रस्थानमा रहेकी छिन् । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेद्वार श्यामा रेग्मीले ११ हजार ७ सय ७० मत प्राप्त गरी दोश्रो स्थानमा रहेकी छिन् ।
धरानमा अहिलेसम्म ४५ हजारभन्दा बढी मत गणना भइसकेको निर्वाचन अधिकृत कमलबहादुर थापाले जानकारी दिए । अब ८ हजार बढी मत गणना हुन मात्र बाँकी रहेको थापाले बताए ।