विजयपुर/सायद २ चलचित्रकी नायीका सायरन श्रेष्ठ र निर्माता सुनिल रावल बिचको बिबाद सामाजीक सञ्जालमा छताछुल्ल भएको छ ।  निर्माता रावलले फिल्मको प्रमोसमनमा समय नदिएको भन्दै नाईका माथि बिभिन्न आरोप लगाएको भन्ने आरोपहरु समाजिक सञ्जालहरुमा छरपस्ट भएका छन् ।

नाईका सायरनलेपनि  निर्माता रावलले आफुमाथि आनाबश्यक आरोप लागेको बताएकी छिन् ।  निर्माता रावलले आफ्नो एक करोडमा नायीकाले मस्ती गरेको तथा यस्ता केटिलाई सवक सिकाउनु पर्छ भन्ने जस्ता अभिब्यक्ति दिएको भन्दै नायीकाले यसको खण्डन गरेकी छिन् ।नायीका सायरनले आफुमाथि सुनिल रावलले अनाबश्यक आरोप लगाएको बताइन ।

निर्माता सुनिल रावलले भने नायीकाको भनाइको खण्डन गरेका छन् । हामीले पटक पटक फिल्मको प्रमोसनमा लाग्न अनुरोध गरेका थियौ उहाँले कहिले इन्डिया जान्छु,कहिले म बिजी छु भन्दै समय नदिए पछि मैले ‘हामी करोडै खर्च गरेर कलाकार बनाउछौ तर कलाकारहरु रहर पुरा गर्न आएजस्तो मात्र गर्नु हुन्छ’ भनेको बताए ।

फिल्मका करोडौ खर्च गरिएको हुन्छ,फिल्मको प्रमोसन गर्ने कुरा नायक नायीकाको पनि हो तर उहाँले त रहर पुरा गर्न आएजस्तो गर्नु भयो रावलले फोन सम्पर्कमा भने ।अहिले सुन्दैछु नायीका सायरनले फेक कुराहरु गरेर मेरो बद्नाम गरिरहनु भएको छ,फेक कुराले उहाँलाईनै हानि गर्छ मलाई हैन उनले भने । के आरोप लगाएकी छिन् त नायीका सायरनले  निर्माता रावललाई हेरौ यो भिडियो

https://www.youtube.com/watch?v=Q64V1X5QNgk&feature=youtu.be