विजयपुर/धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले बाणिज्य मन्त्री मिनबादुर बिश्वकर्मालाई धरानको बिकासका एजेण्डा केन्द्रिय योजनामा पार्न स्मरण पत्र बुझाएका छन् ।

[caption id="attachment_54278" align="alignleft" width="510"] बाणीज्य मन्त्री बिकलाई स्मरण पत्र बुझाउदै धरानका मेयर तारा सुब्बा । तस्विर भोजराज श्रेष्ठ[/caption]

बुधबार धरान उपमहानगरपालीकामा स्वागत सम्मान गर्दै मेयर सुब्बाले मन्त्री बिकलाई धरानका धेरै बिकासका योजनाहरु सरकारका केन्द्रिय योजनाहरु समाबेस गरेर मात्र पुरा हुने भन्दै त्यसका लागि आबश्यक भुमिका खेल्न आग्रह गरेका हुन् ।

बुधबार धरान उपमहानगरपालीकामा बुधबार आयोजीत स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले धरानको बिकासका लािग पाटि,जाती र साथी भन्दा माथि रहेर सबै लाग्नु पर्ने बताए ।

धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले धरान उपमहानगरपालीकाको तर्फबाट १२ बुँदे स्मरण पत्र बुझाउदै धरानको बिकासका लािग केन्द्रिय स्तरबाट पहल गर्न आग्रह गरे ।

स्मरण पत्र बुझाउदै मेयर सुब्बाले एयरपोर्ट निर्माण,धरान रिङरोड निर्माण,वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आई सियु तथा सिसीयु,डायलीसीस जस्ता योजनाहरुलाई केन्द्रिय योजनामा समाबेस गर्न आग्रह गरे ।

उनले सर्दु जलाधार क्षेत्र एकिन हुन नसकेका कारण धरानको खानेपानीको मुल श्रोत नै संकटमा पर्ने खतरा रहेकाले त्यसको बैज्ञानिक नक्साङकन गरि क्षेत्र यकिन गर्न,सर्दु र सेउती खोलामा तटबन्ध निर्माण गरि सडक करिडोर निर्माण गर्न,धरानबाट मङगलबारे हुदै बिष्णुपादुका जोन सर्दुखोला र निराजन मार्ग हुदै वडा नं ४ देबिमार्ग जाने खोलमा पक्की पुल निर्माण,धरान चतरा सडक खण्डको सर्दु खोलमा पुल निर्माण,बिराटनगर किमाथाङका सडक तथा धरान हेटौडा सडक निर्माण सम्पन्न गरी धरानलाई ड्राई पोर्ट निर्माणका लागि पहल गर्नपनि स्मरण पत्र मार्फत आग्रह गरिएको छ ।