काठमाण्डौ । राष्ट्रिय अनुसन्धान विभागका ६ अधिकृतको बढुवा भएको छ । बुधबारको मन्त्रीपरिषद् बैठकबाट रिक्त रहेको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा प्रहरी एआइजी सरहको यदुलाल खरेल लगायत ६ जना बढुवा भएका हुन् । यस्तै, प्रहरीको डीआईजीसरहको अनुसन्धान निर्देशकमा हुतराज थापा, कुलदेव थापा, हरिहर पौड्याल, ओमप्रकाश जोशी र सुनिलकुमार ढकाल बढुवा भएका छन् । विभाग उच्चस्रोतका अनुसार रिक्त रहेको सहअनुसन्धान निर्देशकमा भने कसैको पनि योग्यता नपुगेका कारण यसपटक बढुवा हुन नसकेको बुझिएको छ । उक्त पद प्रहरीको एसएसपीसरहको हो । एसपीबाट एसएसपी बढुवा हुन न्युनतम तीन वर्ष पुगेको हुनुपर्ने नियम छ ।