काठमाण्डौ । नेसनल मेडिकल कलेज काठमाण्डौलाई दिएको सम्बन्धन चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालयले ंस्थगन गर्ने निर्णय गरेको छ । त्रिवि कार्कारी परिषद्को शनिबार बसेको आकस्मिक बैठकले कलेजको सम्बन्धन हाललाई स्थगन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले काठमाडौं नेसनलको शिक्षण अस्पताल वैध नभएको भनी प्रतिवेदन दिएपछि त्रिविले सम्बन्धन स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । गत साउन १२ को परिषद् बैठकले काठमाण्डौं नेसनललाई सम्बन्धन दिएको थियो । शनिबारै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तावित कलेजको शिक्षण अस्पताल पनि बन्द गराउने निर्णय गरेका छन् । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उपकुलपति तीर्थ खनियाँलाई बोलाएर कलेजको सम्बन्धन खारेज गर्न निर्देशन दिँदै नभए तत्काल बर्खास्त गर्ने चेतावनी दिएपछि खनियाँले कार्यकारी परिषद्को आकस्मिक बैठक बोलाएका थिए ।