काठमाण्डौ । माओवादी केन्द्रका नेता गोपाल किराँतीले नेकपा एमालेसँग पार्टी एकता अघि बढेकोमा विरोध गर्दै माओवादी केन्द्र पुनर्गठन भेला आयोजक समिति निर्माण गर्ने घोषणा गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई एमालेमा विलय गराउन खोजेको भन्दै पुनर्गठन भेला आयोजक समिति निर्माणको आह्वान गरेको बताएका छन्। ’मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनर्गठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु’ उनले भनेका छन्। प्रचण्डले पार्टीको कुनै तहमा पनि औपचारिक जानकारी नगराई माओवादी केन्द्र विघटन गराउन खोजेको भन्दै त्यसको भण्डाफोर गर्न पनि आह्वान गरेका छन्। नेता किरातीले भेला आयोजक समिति गठन गर्नुअघि एक पटक प्रचण्डसँग छलफल गर्ने पनि बताएका छन्। ’माओवाद र पहिचानको मुद्दा स्वीकार गरियो भने आपत्ति छैन। तर त्यत्तिकै पार्टी विलय गराउन पाइदैन’ उनले भने ’प्रचण्डले यो मुद्दा त्यत्तिकै छोडेर हिँड्न मिलेन नि।’ आफूले यस विषयमा आइतबार पार्टी अध्यक्ष प्रचण्डसँग कुराकानी गर्ने र त्यसपछि थप कदम चाल्ने नेता किरातीले बताए ।
माओवादी नेता किराँती वाम एकताको बिरुद्धमा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































