विजयपुर/धरान उपमहानगरपालीकाले शनिबारबाट धरानका सुकुम्बासीलाई घर नम्बर उपलब्ध गराएको छ ।धरान उपमहानगरपालीकाले घर नम्बर उपलब्ध गराएपछि सुकुम्बासीहरुको साझा संगठन नेपाल बसोबास बस्ती संम्रक्षण समाजका केन्द्रीय महासचिब कुमार कार्कीले धरान उपमहानगरपालीकाले सुकुम्बासीलाई घर नम्बर उपलब्ध गराएको भन्दै नेपालको सकुम्बासी आन्दोलनको ठुलो उपलब्धी भएको बताएका छन् ।
[caption id="attachment_58785" align="aligncenter" width="850"]
सुकुम्बासीकाे घरमा घर नम्बर टांस्दै धरानका मेयर तारा सुब्बा[/caption]
घर नम्बर पाउनु भनेको धनिपुर्जा प्राप्त गर्ने प्रकृयाको थालनि हो उनले भने धरान उपमहानगरपालीकाले समग्र देशको सुकम्बासीका मागलाई कसरी सम्बोधन गर्नु पर्छ भन्ने उदाहरण देखाएको छ महासचिब कार्किले भने ।
शनिबार धरान उपमहानगरपालीका स्थित वडा नम्बर १३ को राई टोलमा औपचारीक कार्यक्रम आयोजना गरि धरान उपमहानगरपालीकाले सुकुम्बासीलाई घर नम्बर दिने कार्यको थालनी गरेको हो । धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले सुकुम्बासीकै घरमा गएर घर नम्बर लेखिएको नम्बर प्लेट टासेका थिए ।घर नम्बर वितरण सँगै शनिबारबाटै धरान उपमहानगरपालीकाले सुकुम्बासीहरुबाट घरधुरी करपनि लिन थालेको छ ।घर नम्बर वितरण गरेर घरधुरी कर लिने कार्य नेपालमै पहिलो भएको बताइएको छ ।
स्थानिय तहको निर्वाचन पछि कार्यभार सम्हालेकै दिन मेयर सुब्बाले धरानका सुकुम्बासीलाई घर नम्बर उपलब्ध गराउदै जग्गाको स्वामित्व हस्तान्तरण गर्ने प्रकृयामा जाने निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयन गर्दै शनिबार घर नम्बर टासेर मेयर सुब्बाले धरानका सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने कार्यको प्रारम्भिक चरण सुरु भएको बताएका छन् ।
सुकुम्बासीहरुले आफुले बसोबास गरेको स्थानको जग्गाको स्वमित्व पाउनु पर्ने भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । शनिबार धरान १३ स्थित राई टोलमा घर नम्बर वितरण गर्न आयोजीत औपचारीक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले धरानमा अब्यबस्थित रुपमा रहेका सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिने प्रकृयाको थालनी भएको बताएका छन् ।
हामीले धरानमा हाल बसोबास गरि रहेका १२ हजार २ सय ६६ घर घुरीलाई घर नम्बर वितरण गर्ने तयारीमा छौ,मेयर सुब्बाले भने‘ अब सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिने कुराको प्रारम्भिक सुरुवात भएको छ । कार्यक्रममा मन्तब्य राख्दै मेयर सुब्बाले धरानमा सुकुम्बासीको रुपमा बसोबास गरेका जनता र अन्य जनता बिच अब कुनै भिन्नता नरहेको र सबै धरानबासी भएको बताए ।
अब धरानमा कोही पनि सुकुम्बासी रहदैन सबै धरानबासी हुनेछौ’ उनले भने । प्रदेश र केन्द्रीय सरकारको चुनाब नभएका कारण कतिपय कानुनहरु बनाउन नपाएका कारण जग्गाको स्वामित्व हस्तान्तरण गर्ने कानुन बनाउन नसकिएको भन्दै उनले अब सुकुम्बासी बस्तीलाई नमुना बस्तीको रुपमा बिकास गर्ने पनि बताए ।
कार्यक्रमा बोल्दै माओबादी केन्द्र निकटको अखिल नेपाल सुकुम्बासी संगठनका अध्यक्ष सुदर्शन श्रेष्ठले सुकुम्बासीलाई घर नम्बर दिने र करको दायरामा ल्याउने कार्य प्रसंसनिय भएको बतााए ।
यो कार्य सुकुम्बासीका पक्षमा छ उनले भने अब चाडै धनिपुर्जा वितरण हुने अपेक्षा गरेका छौ उनले भने ।कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा धरान नगर इन्चार्ज प्रदिप भण्डारीले अब धरानका कुनैपनि सुकुम्बासी बस्तीको उठिबास नहुने र ति बस्तीहरुलाई नमुना बस्तीको रुपमा बिकास हुने अपेक्षा गरे ।
एमालेले चुनाबको बेला सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने बिषय उठाएको थियो आज त्यो विषय कार्यान्वयनकालािग पहिलो चरणको काम भएको छ उनले भने । कार्यक्रममा बोल्दै संघिय लिम्बुवान मञ्चका अध्यक्ष सञ्जुहाङ सावाले धरान उपमहानगरपालीकामा जनप्रतिनिधी आएपछि सुकुम्बासीका पक्षमा निकै ठुलो निर्णय भएको बताए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै नेपाल बसोबास बस्ती संम्रक्षण समाजका महासचिब तथा धरान उपमहानगरपालीकाले गठन गरेको अब्यबस्थित बसोबास बस्ती ब्यबस्थापन समितीका सदस्य कुमार कार्किले अब धरानका सुकुम्बासीलाई धरानबासी बनाउने कार्य थालनि भएको बताए । आज भन्दा अगाडि धरानमा सुकुम्बासी र धरानबासी गरि दुईथरी नागरिकको बसोबास भएको थियो,आजबाट सबै धरानबासी भएका छौ उनले भने ।
शनिबार धरान १३ स्थित र्राइ टोलका मनकुमार राई,जगबहादुर राई,राजकुमार राई (क) राजकुमार राई,पञ्चबहादुर राई र ढाकबहादुर राईको घरमा नगर प्रमुख तारा सुब्बो घर नम्बर टासेका थिए ।
धरान उपमहानगरपालीकाकी उपमेयर मञ्जु भण्डारीले पनि घर नम्बर टासेकी थिइन ।घर नम्बर प्राप्त गरेपछि स्थानिय मनकुमार राईले जनप्रतिनिधी आएपछि आफुहरुले ठुलो राहत महसुस गरेको बताए ।कार्यक्रम नगर कार्यपालिका सदस्य तथा अब्यबस्थित बसोबास ब्यबस्थापन समितीकी संयोजक हिरादेबी राईको अध्यक्षतामा सम्पन्न भएको थियो । समितिका सदस्य हरिबहादुर कार्किले कार्यक्रम सञ्चालन गरेका थिए ।