-
Home
-
सिनेमा
-
यसरी पक्राउ परेका थिए, चक्कू प्रहारमा संलग्न विद्यार्थी
यसरी पक्राउ परेका थिए, चक्कू प्रहारमा संलग्न विद्यार्थी
- कार्तिक २२, २०७४
- ब्लाष्ट खबर
धरान/‘फलनाको छोरा’ भन्दै तल्लो स्तरको शब्द प्रयोग गरेर होच्याएका कारण धरान–१६ का १७ वर्षीय बिप्लव पराजुलीको बुधबार चक्कू प्रहारबाट हत्या भएको छ ।
मृत्यु हुनु अघि उनी गम्भीर थिए । उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पठाइयो । उपचारको क्रममा उनको मृत्यु भयो । यता, घटनालगत्तै प्रहरीले आफ्नो अनुसन्धान थाल्यो । धरान–४ लक्ष्मीचोक भन्दा केही मुन्तिर रहेको धरान उच्च मावि स्कुल परिषर भन्दा बाहिरपट्टि मृतक पराजुली र भारत अररिया जिल्ला जोगवनी गाउँपञ्चायत–३ हाल धरान–८ कविरटोल बस्ने १९ वर्षीय रवि सिंहबीच झगडा भएको स्थानको मुचुल्का उठायो ।
उनीहरुको भनाभन स्कुलको कक्षा कोठामै भएको थियो । अघिल्लो बेन्चका पराजुलीले पछिल्लो बेन्चका सिंहलाई ‘तल्लो स्तरको शब्द’ ले होच्याएपछि विवाद सिर्जना भएको सिंहले बयानका क्रममा प्रहरीलाई बताएका छन् । त्यो क्रममा स्कुलका शिक्षकले पनि उनीहरुलाई सम्झाएका थिए ।
तर, बाहिर आएपछि उनीहरुबीच मुक्का हानाहानको स्थिति सिर्जना भएको हत्यामा संलग्न सिंहको हातको चोटबाट प्रष्टिने इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेल बताउँछन् । त्यो क्रममा घरमा चाँवीमा झुण्डाएको ‘फोल्डिङ सिस्टम’ को सानो चक्कूले पराजुलीलाई प्रहार गरेको देखिने डिएसपी पौडेल बताउँछन् ।
त्यो चक्कू सिंहले आफूले कार्यरत रहेको धरान–८ भोटेपुलको एक पसलको कुनामा फ्याकेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । उक्त घटनापछि तत्कालै सिंहलाई पक्राउ गर्न प्रहरी परिचालित भएको देखिन्छ । इप्रका डिएसपी रामेश्वर पौडेलको टोली सुनसरीको तरहरासम्म फलो गर्दै गए भने वडा प्रहरी कार्यालय धरानको टोली स्कुलमा पुगेर सिंहको तीनपुस्ते लिने कार्यमा खटियो ।
जसमा वडा प्रहरीका इन्चार्ज सई जसबहादुर लिम्बूको टोलीले तीनपुस्ते लिँदै उनको आमालाई फोन गरे । उनको आमा आएपछि आमाको फोनबाट सिंहलाई फोन गरियो । त्यो क्रममा सई लिम्बूले ‘मिलापत्र’ गर्नुछ भनेर सिंहलाई बोलाइयो । र, सिंहले आफू पसलमा रहेको बताएपछि केही प्रहरी स्कुल परिषरमा राखेर सिंहलाई लिनको लागि भोटेपुलस्थित पसलमा आउँदा पसलबाट सिंह स्कुलतर्फ गएपछि स्कुलमै पक्राउ गर्न सफल भएको सई लिम्बूले बताए ।
सिंहलाई इप्रका धरानमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । मृतकका आफन्तले पनि जाहेरी दिइसकेको प्रहरीको भनाइ छ । सिंह भाग्ने तयारीमासमेत रहेकाले प्रहरीले खोजी कार्य तिब्र पारेको थियो । पराजुलीको बुधबार अपरान्ह ३ः५० मिनेटमा मृत्यु भएको थियो ।