इटहरीमा मादक पदार्थ सेवन गर्न निषेध
इटहरी । इटहरी–२ स्थित रोयल रिसोर्ट प्रालिका सञ्चालन अमृत कार्कीले आफ्नो रिसोर्ट अाएर गैरकानुनी रुपमा कर्मचारी तथा ग्राहकलाई प्रहरीले त्रास फैलाउने काम गरेको भन्दै आपत्ती जनाएका छन् ।
गएको कात्तिक २९ गते हात हतियार सहित गएका प्रहरीले कर्मचारी तथा सुरक्षा गार्डलाई हप्काउँदै रिसोर्ट भित्र प्रवेश गरी अभद्र व्यवहार गरेको आरोप लगाएका हुन् । त्यस क्रममा ग्राहक तथा कर्मचारीलाई धरपकड र कुटपीट गरेको भन्दै न्यायको लागि अदालत जाने कार्कीले जनाएका छन् । घटनाको विषयमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउतले भने निर्वाचनलाई ध्यानमा राखी होटलहरुमा निगरानी बढाएको र अवैध गतिविधी नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको बताए । ‘सुरक्षाको हिसावले मान्छेको आवगमन बढी हुने स्थान निगरिनीमा बढाइएको छ’ उनले भने ‘अहिले सुरक्षका हिसावले रातको समयमा मादक पदार्थ सेवन गर्न पनि निषेध गरिएको छ ।’
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































