चतरा । बराहनगरपालिका वडा नं २ रेल्वेलाइनका ११ वर्षीय रोमन राईको टृयाक्टर बाट खसेर मृत्यु भएको छ । चलिरहेको ट्याक्टरबाट  खसेपछि पछाडिको चक्काले कुल्चिए पछि गम्भिर घाइते भएका राइको विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचारको क्रममा मृत्यु भएको हो । विहिबार साढे ९ बजेतिर जोर खम्बा देखि १३ आर डि जाने क्रममा को २ प ७४० नंम्बरको टृयाक्टरले कुील्चए लगतै प्रतिष्ठान धरानमालगिए लगतै उनको मृत्यु भएको इलाकाप्रहरीकार्यलयचतराले जनाए । ट्याक्टर मालिक वडा नं २ का डिक बं श्रेष्ठको रहेको बताइएको छ । ट्याक्टर नियन्त्रणमा लिइएपनि डाइभर केशब राई भने फरार रहेको इलाकाप्रमुख रामदेव चौधरीले बताए ।