रमिते डाँडामा बम
दोलखा, दोलखाको भिमेश्वर नगरपालिकाको चोथाङ् रमिते डाँडामा बम भेटिएको छ ।
रमिते डाँडा नजिकै रहेको माङ्काल आधारभूत विद्यालय मतदान केन्द्रमा झोलामा राखिएको अवस्थामा दुईवटा बम भेटिएको प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो । बम भेटिएको ठाउँमा अहिलेसम्म डिस्पोजल टोली पुगेको छैन् ।
यसअघि दोलखा सडक डिभिजन कार्यालय अगाडिको सडकमा भेटिएको बम सेनाले डिस्पोज गरेको छ । यसैगरी, लामासाँघु–जिरी सडकखण्डमा पर्ने भिमेश्वर नगरपालिकास्थित बालगृह अगाडि भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्न डिस्पोजल टोली पुगिसकेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































