धरान । लोकतान्त्रिक गठबन्धन बाट सुनसरी निर्बाचन क्षेत्र नम्बर  १ मा प्रतिनिधि सभाका उमेद्वार अशोक राइले धरानका सुकुम्बासी समस्या हल गर्न आफु कटिबद्द रहेको बताउनु भएको छ । लोकतान्त्रिक गठबन्धनले धरान १६ मा गरेको घर दैलो कार्यक्रममा बोल्दै नेता राइले सो कुरा बताउनु भएको हो । धरान १६ स्थित नौलो बस्तीका स्थानीयलाइ सम्बोधन गर्नु हुदै राइले लोकतान्त्रिक गठबन्धनको तर्फबाट आफुहरु तपाईहरुको आगनमा आएको भन्दै नेकपा एमाले र माओबादीलाई भोट हाल्दा देश धेरै पछी पर्ने बताउनु हुदै हामी सबैले पिडा भोग्नु पर्ने बताउनु भयो । उहाले भन्नुभयो,’ तपाइहरुले आफ्नो मन र बिस्वासले फैसला हाम्रो पक्षमा दिने विश्वास लिएको छु ।‘ नेता राइले आफुले धराने मतदाता संग गरेको प्रतिबद्दतामा कतिबद्द रहेको बताउदै भन्नु भयो, ‘तपाईहरुलाइ हातमा दिएको परर्तिबद्दता पत्र हामीले तपाईहरु संग गरेको तमसुक हो ।हामि बिजय भएर आएपछि छातीमा हात राखेर यो प्रतिबद्दता पुरा गर्छौ । यो हाम्रो बाचा हो ।‘ बिगत २६ बर्षयता एमालेले सुनसरी एक का जनतालाइ झुक्याउदै आएकाले धरान र धराने जनता अनि सुनसरी एक को यो दुर्दशा भएको भन्दै यो क्षेत्रको बिकाशको लागि लोकतान्त्रिक गठबन्धनका उमेद्वार प्रतिबद्द रहेकाले आफुहरुलाई आफ्नो अमुल्य मत दिइ बिजयी गराउन नौलो बस्तीका मतदाता सङ्ग आग्रह गर्नु भयो । गठबन्धनका प्रदेश १ (ख) का प्रत्यक्ष उमेदवार बुद्धि कटुवालले आफुले यहाको पिडा बुझेको बताउदै जनताको साथमा रहदै धरान र धरानको हरेक सुख दुखमा सहभागी हुन आएकाले आफुले धरानलाइ र धरान र धराने जनताले आफुलाई राम्रो संग बुझेको बताउनु भएको छ । धरानका सुकुम्बासी आमा बुबा दाजी भाइ दिदि बहिनीको अफ्ठ्यारो र पिडा अफुले राम्रो संग बुझेको बताउदै राईले एक पटक सेवाको मौका दिन आग्रह गर्नु भयो । कटुवालले भन्नु भयो, ‘ म तपाइँहरुकै काखमा हुर्केको तपाइँ हरुकै छोरा , भाइ हु । तपाईहरुको समस्या समाधान गर्नु मेरो कर्तब्य हो । मलाइ मौका दिनुस । म तपाइहरुका लागि , यो धरानका लागि काम गर्छु । कार्यक्रममा   नेपाली कांग्रेस र संघिय समाजबादी फोरमा नेताहरुका साथै स्थानीयको उल्लेख्य सभागिता रहेको थियो ।

‘जातिबाद खतरनाक कुरा हो । जातिवादको पक्षमा उभिन पनि सक्दैनौ‘

सुनसरी निर्बाचन क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका साझा उमेद्वार अशोक राइले धरानका मगर समुदाय संग भेटेर आफु अत्यन्तै हर्सित भएको बताउनु भएको छ ।आज धरान सोर्ह स्थित मगर संघको कार्यालयमा आयोजित भेट घात कार्यक्रमलाई सम्बोधन गर्नु हुदै राइले सो कुरा बताउनु भएको हो  । आफु आदिबासी जनजातिको पहिचानको लागि आफुले बिगतको सबै कुरा छाडेर पहिचानको आन्दोलनमा होमिएको बतानुहुदै संघीय समाजबादि फोरमका बरिस्ठ नेता राइले मगर समुदायको आवाज रास्ट्रीय अन्तरास्ट्रिय स्तरमा पुर्यौउन आफु प्रतिबद्द भएको बताउनु भएको छ  । केहि मानिसहरुले पहिचानको आन्दोलनलाई जातिवादको आन्दोलन भन्दै आन्दोलनलाई बद्नाम गराउने प्रयत्न गरिरहेको बताउदै राइले पहिचान र जातिबाद फरक कुरा भएको बताउनु भयो  । जातिबाद भनेको अत्यन्त नकारात्मक कुरा भएको बताउदै उमेद्वार राइले भन्नु भयो, ‘ जातिबाद खतरनाक कुरा हो  । त्यसको पक्षमा हामि छैनौ  । कहिल्लै जातिवादको पक्षमा उभिन पनि सक्दैनौ  । ‘ यस क्षेत्रमा नेकपा एमालेले लामो समय सम्म नेत्रित्त्व गर्दापनि जनताको जिबन स्तर उठ्न नसकेको बताउदै राइले एमालेलाइ बिकस्ल्प दिन आफु जनताहरुको घर आगनमा आएको बताउनु भयो  । नेकपा एमालेले बिगतमा केहि गर्न नसकेको कारण धरान र एक नम्बर निर्बाचन पिछडीएको बताउनु हुदै ध्र्तानालाई शिक्षा , स्वास्थ्य ,र पर्यटनको केन्द्र बनाउने बिशेस योजना लिएर आफु जनता माझ आएको बताउनु भएको छ  । सबै भन्दा महत्त्वपूर्ण कुरा धरानलाइ प्रदेशको राजधानी बनाउन सक्दा धरानले आर्थीक , राजानितीक लगायत हरेक क्षेत्रमा धरान अघि बढ्ने बताउनु हुदै यसका लागि आफु बिशेस रुपमा लाग्ने बताउनु भयो  । भेटघाट कार्यक्रममा मगर संगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो  ।