भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना५ख २५६६ नंको ट्रकले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । भरतपुर महानगरपालिका वडा नं २९ स्थित गाईघाटमा भएको उक्त दुर्घटनामा परी अन्दाजी ५०, ५२ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार उहाँको पहिचान खुलेको छैन । उहाँको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरी चौकी सिमलतालले नियन्त्रणमा लिएको छ ।
भैसी बाेकेकाे ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
(रासस) । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































