धरान/ हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ ।
मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । [caption id="attachment_62191" align="alignleft" width="315"] फाइल फाेटाे[/caption]जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा पाइलटसहित ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जना चुनाव सकेर फर्किदै गरेका प्रहरि र २ जना विमानकै स्टाप रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।