धरान । संयुक्त लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार अशोक राइले नेकपा एमाले छुद्र ब्यबहार र द्वैद चरित्र भएको दल भएकाले एमालेलाई बिस्वास गर्न नसकिने बताएका छन् । लोकतन्त्रमा बिरोध, आलोचना हुने भएपनि आफ्नो कसैले बिरोध गर्यो भने त्यसको उछितो काड्ने , छुद्र बोलि बचन र ब्यबहार देखाउने र त्यस्तै तल्लो स्तरको अभिव्यक्ति दिने संकीर्ण साघुरो सोच रास्ट्रीय राजनीतिमा देखिनु दुखद भएको राईको भनाइ थियो । एमाले अध्यक्ष केपी ओलीले पोखरामा बिपी कोइरालाको बारेमा दिएको अभिव्यक्ति छुद्र र संकीर्ण मानसिकताको उपज भएको उनले बताएका छन् । उनले भने ‘ राष्ट्रीय राजनीतिमा एउटा उचाई भएको पूर्व प्रधानमन्त्री जस्तो मान्छेले बोल्न नसुहाउने एकदमै तल्लो स्तरको छुद्र कुरा बोल्नु भएको छ । जुन खेद जनक छ ।’ संघिय समाजबादि फोरमका बरिष्ठ नेता समेत रहेका राईले प्रश्न गर्दै भने, ‘अब चाडै नै भनेर कसैले पनि बोल्न नहुने छुद्र कुरा एमाले अध्यक्ष जस्तो राष्ट्रीय नेताले, प्रधानमन्त्री भैसकेको जिम्मेवार मान्छेले बोल्न मिल्छ ?’ सुनसरी निर्बाचन क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार राईले, मदन भण्डारी बाचीरहनु भएको भए केपो ओलीलाई अहिले घोक्रे ठ्याक लगाएर गलहत्याएर बाहिर निकाल्नु हुन्थ्यो भनेर छुद्रता पुर्बक आफुले पनि बोल्न सक्ने बताउनु हँुदै एमाले अध्यक्षले जस्तो नैतिक सिमा र मर्यादा र भद्रताको सिमा नागेर आफुहरुले त्यस्तो अभिव्यक्ति नदिने बताए । लोकतन्त्रमा आरोप प्रत्यारोप चलिरहने भएपनि नेकपा एमालेलाई कुनै कुरामा थोरै चित्त नबुझ्ने बित्तिकै तल्लो स्तरमा झरेर हुर्मत लिने गरेको नेता राईको भनाइ छ । उनले भने राष्ट्रीय राजनीतिको एउटा दलको मुख्य नेताले यस्ता छुद्र कुरा गर्नु सोच्न सम्म नसकिने बिषय हो ।’ नेकपा एमालेले बोलि र ब्यबहारको नैतिक सिमा नागिसकेको उनको भनाइ छ । धरान वडा नम्बर पन्ध्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनको घर दैलो कार्यक्रम पछी भएको चुनाबी सभालाई सम्बोधन गर्दै सुनसरी एक बाट प्रतिनिधि सभाका प्रत्यक्ष उमेद्वार राइले सो कुरा बताएका हुन् ।