रासस/ काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब सबा नौ बजे त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । लु२ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट त्रिशुलीमा खसेको हो । प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।
बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































