इलाम । इलामको सुर्योदय नगरपालिका -६ स्थित तारागाँउमा बुधबार बिहान छुर्पी र नौनी घ्यू बनाउने पाथिभरा फ्याक्ट्रीमा आगलागी भएको छ।
बिहान साढे ६ बजे तिर बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो र पक्की गाह्रो भएको उक्त फ्याक्ट्रीमा आगलागी भएको इलाका प्ररी कार्यालय पशुपतीनगरले जनाएको छ।
आगलागीबाट उक्त फ्याक्ट्री लगायत सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी १ करोड मुल्य बराबरको क्षति भएको पिडीतले बताए। आगलागी इलाका प्रहरी कार्यालय पशुपतीनगर, प्रहरी चौकी हर्कटे दमकल र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको इलाम प्रहरीले जनाएको छ।
त्यसैगरी सोलुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ स्थित क्यामजोमा आगलागी भएको छ।
साँझ साढे ६ बजे तिर स्थानीय आईटासी शेर्पाको ढुंगा माटोले बनेको टिनको छानो भएको ३ तले घरमा आगो ताप्ने चिम्नीबाट अचानक आगलागी भएको थियो। आगलागीबाट शेर्पाको घर, नगद, सुनचाँदी लगायत सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ।
आगलागीबाट क्षतिको बिवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ। आगलागी प्रहरी, नेपाल आर्मी र स्थानीय मानिसको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ।