केहि समय अघि अनमोल केसीलाई निर्मात्री झरना थापाले ५० लाख पारिश्रमिकमा काम गर्न अफर गरेको र अनमोलले सो अफर अस्विकार गरेको खबरले अनलाईनमा छ्यापछ्याप्ती छापिएका थिए । झरनाको नाम जोडेर ५० लाख अफर गरेको खबर को २४ घण्टा पछि झरनाले पनि समाजिक संजाल फेसबुक मार्फत् आफुले अनमोललाई कुनै फिल्मका लागि अफर नगरेको र एक जना कलाकारलाई ५० लाख पारिश्रमिक दिएर फिल्म बनाउने आफ्नो हैसियत नभएको बताउदै अनलाईनमा आएका समचार गलत हुन् भन्दै स्पष्टीकरण दिएकी थिईन् । सो बिषयमा अनमोलले केहि बोलेका थिएनन् । अनमोल मौन बस्दा धेरै चकित समेत बनेका थिए । उनी करिब डेढ बर्ष देखी मिडिया र पत्रकार बाट टाढै थिए । उनले आधिकारिक रुपमा केहि बोलेका थिएनन् । तर,शुक्रबार राजधानीमा फिल्म ‘कृ’को ट्रेलर रिलिजमा भने उनले सो बारे मुख खोलेका छन् । कार्यक्रममा उनले आफुलाई धेरै निर्माताले ५० लाखको अफर गरेको र आफु पैसाको पछि नलागेको दाबी गरेका हुन् । उनलाई झरना थापा,मनोज राठी, सुरेन्द्र पौडेल र निर्देशक सिमोश सुनुवार लगायतले ५० लाख अफर गरेको कुरा सार्बजनिक थियो । अनमोलले आफुलाई पैसा को भन्दापनि कामको आबश्यकता रहेकोले पैसामा भन्दापनि काममा ध्यान दिएको बताएका छन् । उनले आफुले काममा बढि ध्यान दिएकै कारण दुइ बर्षमा एउटा मात्र फिल्म खेलेको बताए । ५० लाखको अफर गलत भन्दै सामाजिक सञ्जाल र ब्यक्तिगत खण्डन गर्नेहरुलाई अनमोलले राम्रो झापड दिएका छन् । दुई बर्ष पछि उनी अभिनित चलचित्र ‘कृ’ यहि माघ २६ गते सार्बजनिक प्रदर्शनमा आउने भएको छ । उनी यस चलचित्रमा नयाँ अनुहार अदिति बुढाथोकी संग रोमान्स गरेका छन् ।