काठमाडाैं । राष्ट्रियसभा निर्वाचन अध्यादेश विवाद सल्टाउन एमालेमाथि माओवादीले दबाव दिएको समाचार छ । राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशको विवाद ‘लचक’ भएर समाधान गर्नुपर्ने भन्दै माओवादी केन्द्रले गठबन्धनको सहयात्री दल एमालेमाथि दबाव बढाएको छ ।

अध्यादेश रोकेर राख्दा राष्ट्रपति पनि अप्ठ्यारोमा पर्न थालेको र निर्वाचन परिणाम घोषणादेखि नयाँ सरकार गठन प्रक्रियामा समेत विलम्ब हुन थालेको उल्लेख गर्दै छिटो टुंग्याउनेतर्फ लाग्नुपर्ने माओवादीको धारणा छ ।

माओवादीले एकल संक्रमणीय प्रणालीमै जानुपर्ने कांग्रेसको अडानको समर्थन गर्नेबारे औपचारिक रुपमा भने केही बोलेको छैन । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घुमाउरो शैलीले त्यसतर्फ जानु नै उपयुक्त हुने खालको धारणा सार्वजनिक गरेका छन् । गृहजिल्ला चितवन पुगेका दाहालले आइतबार एक कार्यक्रममा राष्ट्रियसभालाई प्रतिपक्षविहीन बनाउनु राम्रो नहुने बताएका थिए ।

राष्ट्रपतिमाथि कांग्रेसको दबाव

[caption id="attachment_45663" align="alignleft" width="380"] फायल फाेटाे[/caption]

सरकारले पेश गरेको राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपतिले जारी नगरी फिर्ता गरे पारित नभएसम्म पेश गरिरहन कांग्रेस नेताहरुले सरकारलाई दबाव दिएको छ ।

झण्डै दुई महिनाअघि राष्ट्रपतिसमक्ष पठाइएको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गर्ने या नगर्ने बहस भइरहँदा सत्तारुढ दल कांग्रेसका नेताहरुले फिर्ताको कदम चाले पुनः मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष पठाउने बताएका हुन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेको नीतिमा राष्ट्रपति चल्दा समस्या सिर्जना भएको भन्दै राष्ट्रपतिले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्नुको विकल्प नभएको बताएका छन् ।