[caption id="attachment_69648" align="aligncenter" width="2928"] क्षेत्रियप्रशासन कार्यालयको आगजानीको दृश्य ।[/caption]

धनकुटा/ धनकुटालाई प्रदेश नंं.१ राजधानी वनाउन ३४ दिन देखीआन्दोलित धनकुटेलीहरुको आन्दोलन विहिवार देखीनिक्कै हिंसात्मक बनेको छ । आन्दोलन हिंसात्मकबनेसँगै स्थानियप्रशासनले ११.३० वजे देखीअनिश्चितकालिननिषेधआज्ञा जारी गरि गरेको छ ।  सरकारले बुधवार प्रदेश प्रमुख र प्रदेशको केन्द्र प्रदेश नंं.१ को विराटनगर तोकिए पछि धनकुटालाई प्रदेश नंं.१ राजधानी नतोकेको भन्दै सरकारी निर्णय विरुद्ध बुधवार देखीअनिश्चितकालिन आमहड्तालमा धनकुटेलीहरु उत्रिएका थिए । आम हड्तालको क्रममा विहिबार विहान ९ वजे आन्दोलनकारीहरु स्थानिय मदनचोकमा प्रदर्शन गरिरहेको वेला प्रहरी प्रमुख सुदिप राजभण्डारीले प्रदर्शन गरिहेका दिनेश श्रेष्ठलाई एक्कासी समातेर कुटेपछि दोहोरो झडप शुरु भएको थियो । सोही क्रममाआन्दोलनकारीले प्रहरी प्रमुख सुदिपराज भण्डारी सवार ना.१ झ. १३१४ नम्वरको प्रहरीको स्कारपियो गाडीमाथि तोडफोड गरिदिएकाथिए ।

प्रहरीको गाडी तोडफोड भएपछि प्रहरी र आन्दोलनकारी विच दोहोराे झडप र ढुङ्गा हानाहान समेत भएको थियो । प्रहरीसँगको दोहोरो झडप पछि आक्रोषित बनेको भिडले प्रहरी र शसस्त्रको आँखा छलेर सरकारी कार्यालय तोडफोड र आगजानी गरेका थिए । स्थानिय मदनचोकमा प्रहरी प्रमुख सुदिप राजभण्डारीसँग विवाद भएपछि प्रहरी र शसस्ज्त्र प्रहरी मदनचोक केन्द्रित भएको वेला १० वजे पुर्वाञ्चल क्षेत्रिय प्रशासन कार्यालयको कम्प्युटर कोठाको शिसाको झ्यालफोरेर पेट्रोल छर्किएर आगो लगाई दिएकाथिए । विहिबार सार्वजानिक विदा परेकाले कार्यालय वन्द थियो । कार्यालय बन्द भएपनि क्षेत्रिय उप–प्रशासक शेवन्तराज दाहाल भने कार्यालयको सिरानतलमा क्वाटरमा वसिरहेका थिए ।

[caption id="attachment_69651" align="aligncenter" width="2927"] केरावारी मोरङ्गको तोडफोड गरिएको एम्वुलेन्स ।[/caption]

तर आन्दोलनकारीले भुँइतलामाआगो लगाएको शुरुमा दाहालले थाहा पाएका थिएनन् । कम्प्युटर कोठामा दनदनीआगो बलेपछि हुलाकमा कार्यरत एक कर्मचारी तलामाथि मान्छे छ भने पनि उप–प्रशासकदाहालले छतवाट बाहिर निस्किएका थिए । दाहाललाई उच्चअदालत धनकुटा इजलासमा कार्यरत हरी रिजालले कार्यालयवाट बाहिर निकालेका थिए । आगलागीको कारण क्षेत्रियप्रशासनकार्यालयको कम्प्युटर कोठा पुर्णरुपमाजलेको छ । आगलागी भएको आधा घण्टा पछि मात्र शसस्त्रप्रहरी र जनपथप्रहरी घट्ना स्थलमा पुगेका थिए । क्षेत्रिय प्रशासन कार्यालयमा आगजानी गरेसँगै आन्दोलनकारीले मालपोत, नापी, जिल्लाप्राविधिक, उच्चअदालत विराटनगर धनकुटा इजलासको वोर्ड, सुरक्षाकर्मी वस्ने क्वाटरको झ्याल, ढोकाफोरेको, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमाआगजानी, धनकुटा नगरपालिका लगायत दर्जनौ कार्यालय तोडफोड गरेका थिए । आन्दोनकारले भिमनारयण चोकमा प्रधानमन्त्रि शेरवहादुर देउवाको पुत्ला समेत दहन गरेका थिए ।

त्यसैगरी मोरङ्गको केराबारी स्थित् दलितहकहित समन्वय समितिको विरामीलिनभोजपुर हिडेको को.२ च.४३२ नम्वरको एम्वुलेन्सले सुरक्षाकर्मी वोकेको भन्दै आन्दोलनकारीले धनपा कार्यालय नजिकै पुर्ण क्षतिहुने गरी तोडफोड गरि दिएका छन् । एम्वुलेन्सकाचालक रन्जितगिरीकाअनुसार आफु राजमार्ग हुँदै भोजपुर जानलाग्दा रुख ढालेर धनपा–४ सल्लेरी वनमा वाटो अवरोध गरे पछि शहरी वाटो भएर भोजपुर जानलाग्दाआन्दोलनकारीको निशानामा परेको वताए । गिरीले भने आफुले विरामीको आफन्तमात्रलिएर हिडेको वताएका छन् । त्यसैगरी क्षेत्रियप्रशासनकार्यालय धनकुटामा भएको आगजानी नियन्त्रण गर्न वाटोमा जाँदै गरेको धनकुटा नगरपालिकाको दमकल भिमनारायण चोक नजिकै आन्दोलनकारीले तोडफोड गरि दिएका छन् । दमकल पुर्ण रुपमा क्षति भएका छन् । त्यसैगरी शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको को.१ ब.१०६४ नम्वरको मोटर साईकलतोड गर्नुको साथै आगजानी गरेका छन् ।

दोहारो झडपमा ७जना घाईते यत्रतत्रकार्यलय तोडफोड र आगजानीहुनथाले पछि प्रहरीले आन्दोलनकारीलाई दवाउनभिमनारयणचोकमा ५ सेल अस्युर ग्याँस प्रहार गरी ७जनालाई गम्भिर घाईते वनाएको छ । प्रहरीको कुटाईवाट घाईते हुनेहरुमा नेपालीकांग्रेस धनकुटाका युवा नेताएवं स्थानियतहको निर्वाचनमा धनकुटा नगरपालिकावाट मेयरपदकाप्रत्यासीउम्मेदवार वनेका दिनेश राई आठपहरिया, आन्दोलन परिचालनएवं संघर्ष समितिका संयोजकशुन्दरवावु श्रेष्ठ, सदस्य सचिवजयन्द्र प्रधानगम्भिर घाईते भएका छन् ।

[caption id="attachment_69653" align="aligncenter" width="2965"] घाईते नेपालीकांग्रेसका नेता दिनेश राई जिल्ला अस्पताल धनकुटामा उपचार गरिदै ।[/caption]

त्यसैगरी झडपको क्रममाअन्य घाईतेहरुमा धनकुटा न.पा.६ नाशलचोककाअजितपाख्रीन, उक्तम खड्गी, अथित् वि.क. र एम्वुलेन्स चालक रन्जितगिरी भने आन्दोलनकारीवाट घाईते भएका छन् । आगजानी र तोडफोडका घट्ना वढ्दै गए पछि स्थानियप्रशासनले विहिवार ११.३० वजे देखीअनिश्चितकालिननिषेधआज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको वैठक वसेर पुर्वमाविहिवारे हटिया, पश्चिममापात्ले खोला, उत्तरमा स्कुलडाँडा र दक्षिणमा घुमाउने चौतारोसम्मको वजार क्षेत्रमानिशेधित क्षेत्र घोषणा गरेको हो ।

प्रमुखजिल्लाअधिकारी प्रेम प्रकास उप्रेतीले आन्दोलनकारीले जिल्लाको विभिन्न सरकारी कार्यालयहरुमा अागजानी र तोडफोड गर्न थाले पछि वाध्यभएर अनिश्चितकालिननिषेधआज्ञा मार्फत निशेधित क्षेत्र घोषणा गर्नु परेको वताएका छन् ।