विराटनगर/सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगर तोकपछि प्रदेश प्रमुख, मुख्य मन्त्री, सभामुख र उप सभामुख बस्ने कार्यलय तथा सचिवालयको टुंगो लागेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा शुक्रबार विराटनगरमा बसेको एक बैठकले प्रमुख, मुख्य मन्त्री र सभामुख बस्ने अस्थायी कार्यालय रहने स्थानको टुंगो लगाएका हुन् । विराटनगर महानगरपालिको मेयर भिम पराजुली, प्रदेश सांसद, विभिन्न राजनैतिक दलका प्रतिनिधिसहितको बैठकले प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय पशु निर्देशनालय विराटनगर, प्रदेश मुख्य मन्त्रीको कार्यालय र सचिवालय क्षेत्रिय कृषि निर्देशनालय विराटनगरमा राख्ने बैठकले अस्थनयीमने लनगि टुंगो लगाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । मुख्य मन्त्रीको आवस गृहसमेत कृषि निर्देशनालयमै रहने व्यवस्था मिलाएको उनले बताए । बैठकले प्रदेश प्रमुख बस्ने आवस गृह भने टुंगो लाएको छैन् । प्रदेश प्रमुख बसोबास गर्ने उचित स्थानको लागि खोजी कार्य भइरहेको बताइएको छ । प्रदेश सभा सदस्यमा निर्वाचित भएका सांसदहरुले आइतबार दिउँसो ११ बजे सपथ ग्रहण विराटनगरमा रहेको वीरेन्द्र सभा गृह हलबाट लिनेछन् । सभा गहृ हल आवश्यक मर्मत सम्भार गरी उक्त सभा गृहबाट सांसदले सपथ ग्रहण गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । त्यस्तै प्रदेश सभा सञ्चालनको लागि जिल्ला समवन्य समिति मोरङको सभा हलमा हुनेछ । जिससको तल्लो तलामा रहेको सभा हलमा प्रदेश सभा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाएको बताइएको छ । त्यसैगरी प्रदेश सभामुख र उपसभामुखको सचिवालय जिल्ला समन्य समितिको कार्यालको दोस्रो तलामा सञ्चालन गर्ने टुंगो लगाएको छ ।