स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभामा उम्मेद्वार भएकालाई राष्ट्रियसभामा उम्मेद्वार नबनाउने काँग्रेसले तयारी गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ पुरानै अनुहार दोहोरिएको आलोचना बढेपछि राष्ट्रियसभामा भने नयाँलाई मौका दिने भएको छ ।
लगातार दुई दिनदेखि चलेको केन्द्रीय समिति बैठकमा नेतृत्वको आलोचना भएको थियो । उम्मेद्वार छनौटदेखि लिएर कार्यशैलीमा नेतृत्वका कमजोरी भएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बताएका थिए । बैठकमा महासमितिको माग समेत गरिएको छ । यस्तै चुनावको समिक्षाका लागि छुट्टै केन्द्रीय समिति बैठक बोलाउने पार्टी सभापति शेरबहादुर देउवाले बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचनसँग सम्बन्धित निर्णयपछि अर्को बैठकमा चुनावी समीक्षा गर्ने प्रस्ताव गरेपनि सदस्यहरुले निर्वाचनमै केन्द्रीत भएर धारणा राखेका थिए ।