काठमाडौँ/ पार्टी सभापति शेरबहादुर देउवाले कसैले पद छाड भनेर दवाव दिंदै पार्टी नेतृत्व नछाड्ने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति देउवाले जर्वजस्ती पद छाड भन्ने अधिकार कसैलाई नभएको स्पष्ट पारका थिए। विगतमा पार्टीले गरेको निर्णयको असर निर्वाचनमा परेको सदस्यहरुको गुनासोको प्रतिवाद गर्दै तत्काल नेपाल प्रहरी डिआइजी नवराज सिलवाल कस्ता हुन भन्ने आफूलाई पहिला नै जानकारी भएको सुनाएका थिए।
बैठकमा नेता रामचन्द्र पौडेलले पनि राजनीति नसा भएको जिकिर गर्दै बाँचुजेल गर्ने तर्क गरेका थिए। आफ्नो पुस्ता सफल भएको भन्दै आफूहरुलाई पार्टीभित्रबाट बद्नाम गर्न लागि परेको धारणा राखेका थिए। विपी कोइराला देखिका पार्टी नेताहरुले उठाउँदै आएक विषयलाई आफ्नो पुस्तालाई व्यवस्थापन गरेको भन्दै बचाउ गरेका थिए।
बैठकमा केन्द्रीय सदस्य गगन थापाले पहिलो पुस्तालाई विस्राम लिन आग्रह गरेका थिए। पार्टी र मुलुकलाई सभापति देउवा, पौडेलसहितका नेताहरुले ठूलो योगदान परेको जिकिर गर्दै अब पनि नेतृत्वमा राख्नु उनीहरु माथिकै अन्याय भएको तर्क गरेका थिए।
पूर्व महामन्त्री प्रकाशमान सिंहले सभापति देउवा पार्टी विधान र विधि विपरित जताभावी हिंडेको आरोप लगाए। सिमित नेताको घेराबाट सभापति देउवा निस्कन नसकेको जनाउँदै सिंहले आफू गल्ती गर्ने अनि अरुलाई अनुशासनको कारबाहीको धम्की नदिन पनि आग्रह गरे। ‘अनुशासनको कारबाहीको डर धम्की दिने काम नगर्नुहोला’ सिंहले बैठकमा भने, ‘हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका हौं। तपाईदेखि डराउने कुनै छैन। अनुशासनको कारबाहीको धम्कीले कसैको आवाज बन्द हुँदैन।’
नागरिक दैनिक