काठमाडौं/ नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले–माओवादीको पार्टी एकतापछि रबैया हुने भन्दै जोडघटाउ गरेका छन ।
सामाजिक सञ्जाल ट्विटरमार्फत बाम गठबन्धनप्रति लक्षित गर्दै उनले राजनीतिमा दुईवटा विकृतिजन्य पुराना पार्टीहरुको मर्जर गर्दा दोब्बर विकृतिजन्य पार्टी बन्ने बताए ।
गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई भएजस्तै राजनीतिमा एमाले–माओवादी पनि यस्तै हुने भन्दै ट्विट गरेका छन ।
भट्टराईको ट्विट जस्ताको तस्तै :– गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई भए जस्तै राजनीतिमा दुईवटा विकृतिजन्य पुराना पार्टीहरूको मर्जर गर्दा दोब्बर विकृतिजन्य पार्टी बन्छ ! तर गणितमा माइनस एक र माइनस एकको गुणनफल प्लस एक भएझैं राजनीतिमा दुई दलको रूपान्तरणसहितको ध्रुवीकरणले नयाँ शक्ति बन्छ । सबैलाई चेतना भया !
फरक प्रसंगमा भट्टराईले राजनीतिमा दुई दलको रुपान्तरणसहितको धुव्रीकरणले नयाँ शक्ति बन्ने बताएका छन् । उनले ट्विटमा ‘ गणितमा माइनस एक र माइनस एकको गुणनफल प्लस एक भएझैं राजनीतिमा दुई दलको रूपान्तरणसहितको ध्रुवीकरणले नयाँ शक्ति बन्छ । सबैलाई चेतना भया ! भन्दै लेखेका छन् ।