तरहरा/ इटहरी उपमहानगरपालिकामा सिएफएल घोटालामा संलग्न भएका कर्मचारीहरुलाई कार्वार्हीको दायरामा ल्याउँन माग गदै आइतबार दुई घण्टा इटहरी उपमहानगरपालिका गेटमा ताल्चा लगाएर विरोध जनाएका छन् । नेपाली कांग्रेस,माओवादी लगायतका साना दलहरुले समेत उपमहानगरपालिकामा भएको घोटलामा संलग्नलाई कार्वार्हीको माग गदै उमहानगरपालिका घेराउ गरेका हुन् । २ घण्टा पछि प्रहरीले ताला फुटाएको थियो ।
हप्ता दिन अगाडी देखि इटहरीमा स्वत स्फूर्त रुपमा निश्किएकको सानो जमात अहिले इटहरीका राजनितिक दलहरुको साथ पाए पछि ब्यापक हुन पुगेको छ । उपमहानगरपालिका भित्रका घोटलामा संलग्न कर्मचारीहरुलाई जोगाउँन खोजेको भन्दै अहिले दैनिक उपमहानगरपालिका घेराउ तथा विरोधको कार्यक्रमहरु बढ्दै गएको हो । उपमहानगरपालिका भित्र लाखै रुपैयाँ हिनामिना भएको भए पनि जनप्रतिनिधिहरु बचाउँन लागीपरेको विरोध सभामा वोल्ने अधिकांस बक्ताहरुले बताएका थिए । कर्मचारीहरु सँगै सर्वसाधरण सेवाग्राहीहरु पनि कार्यलय प्रवेशमा रोक लगाईएको थियो ।
इटहरी उप–महानगरपालिकामा भएको सिएफएल भ्रष्टाचार काण्डका मुछिएको कर्मचारीहरुलाई कारर्वाही गर्ने सर्वसाधरणहरुले माग जायज भएको भन्दै दोसीलाई कार्वार्ही तत्काल हुनु पर्ने उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा काग्रेस नेता रोहित प्रसाईले माग गरे । जनताले तिरेको करको उपमहानगरपालीका भित्र ब्यापक दुरुपयोग भएको भन्दै तत्काल दोसीलाई कार्वार्ही हुनु पर्ने उनको माग थियो ।
त्यस्तै इटहरीका सामाजिक अगुवा दिपक ढकालले जनताको करमा ब्यापक अनियमितता भएको भन्दै तत्काल दोसीलाई कार्वार्ही गर्नुको विकल्प नरहेको बताए । लाखै रुपैयाँ घोटला हुदा सम्म उपमहानगरपालिका मौन बस्दै आउँनु इटहरी जनताको अपमान भएको भन्दै तत्काल कार्वार्ही गर्नु पर्ने माग गरे । जनताको दवावमा इटहरी उपमहानगरपालिकाले हेलचेक्रयाई गरीरहेको उनको आरोप थियो ।
उपमहानगरपालीकाले भ्रष्टाचारमा मुछिएका कर्मचारीहरुलाई उन्मुती दिन खोजेको भन्दै जनताको दवावलाई खेलाची सम्झीए आन्दोलनलाई थप शशस्त्त वनाउँदै लौजाने संघिय लोकतान्त्रिक राष्ट्रिय लिम्वुवान लिम्वुवान मञ्च केदार उप्रेतीले चेतावनी दिए । जनमतबाट चुनिएका नेताहरु जनतमतबाटै फालिन सक्छन उनले भने । उपमहानगरपालिका भित्र भईरहेको घोटलालाई समान्य नलिन उनको चेतवानी थियो ।
साझा विकेशिल पार्टीका रुद्र कठेतले इटहरी उपमहानगरपालिकामा भएको घोटलामा सकैलाई उन्मुत्ति दिए इटहरीका जनताले नछोड्ने बताएका थिए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी विप्लवका इटहरी सेक्रेटरी विरताले जनताले दोसीलाई नछोड्ने भन्दै मेयर र उपमेयरले राजिनामा दिनु पर्ने माग गरीन । सिएफएल चिम प्रकरणमा मुछिएका कर्मचारीलाई कार्वार्ही गदै सत्यतथ्य वाहिर नल्याए जनताले नछोड्ने उनको चेतवनी थियो ।
संघियसमाजवादी लगायतका राजनितिक दलका प्रतिनिधिहरुले सिएफएल घोटलालाई तत्काल जनता सामु ल्याउँन उनीहरुको माग थियो । यस अघि नै एकृकित नेकपा माओवादीले ,नागरीक समाज इटहरीले विज्ञप्ती जारी गदै दोसीलाई कार्वार्हीको माग गरीसकेको छ । यता इटहरी उपमहानगरपालिकाका मेयर द्धारिक चौधरीले भने आरोपित कर्मचारीहरुको खातापाता अख्तियारले अनुसन्धान गदै गरेको भन्दै आफुले अहिले कार्वार्ही गर्ने नमिल्ने तर्क राख्दै आएका छन् ।