काठमाडाैं । सडक दुर्घटनामा परेर ८ वर्षमा १८ हजारले ज्यान गुमाउने गरेको कहालिलाग्दो तथ्यांकलाई आज नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।
सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको हो । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर, त्यसको विपरीत मृत्युदर बढ्दै गएको छ ।
०६६–६७ (२००९–२०१०) मा कुल एक हजार सात सय ३४ जनाको मृत्यु भएको थियो । यसलाई २०२० मा आधा अर्थात् आठ सय ६७ जनामा सीमित गर्नुपर्ने सरकारी लक्ष्य छ । जबकि बितेका आर्थिक वर्ष ०७३–७४ (०१६–१७) मा मात्रै मृत्यु हुनेको संख्या दुई हजार तीन सय ८४ छ ।