महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुक सोमबार मध्यान्ह अचानक प्रहरी वृत दरबारमार्ग पुगे । दरबारमार्गमा कार्यरत सबै प्रहरी इन्सपेक्टरलाई बृत्तको आँगनमा बोलाएर इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीतर्फ संकेत गर्दै भने, ‘सामूहिक बलात्कार जस्तो जघन्य अपराध लेनेदन गरेर मिलाउने रु यहि हो पुलिसिङ रु’

इन्सपेक्टर ठकुरीलाई हप्काएर उनी फर्केको केही बेरमै प्रहरी प्रधान कार्यालयबाट ठकुरीको सरुवा भएको खबर आयो । छिनभरमै ठकुरीको रमाना बन्यो । शुरुमा प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा सरुवा भएका ठकुरीलाई प्रहरी प्रधान कार्यालयले पुनः हेड्क्वार्टर भित्रको १ नम्बर गणमा राखेर छानविन गर्न काठमाडौं प्रहरीलाई आदेश दिएको छ । घटना के थियो, किन अचानक छानविनमा तानिए ठकुरी रु कुरा, माघ १० गतेको हो । एक युवाले फेसबुक मार्फत चिनजान भएकी युवतीलाई कमलादीको ल्याण्डमार्क होटलमा बेलाए । युवती होटलमा आउन राजी भएपछी उनले ४ ओटा कोठा लिए अनि उनका अरु तीन जना साथीलाई पनि बोलाए । प्रहरी स्रोतका अनुसार चार जना युवाहरु मिलेर ती युवतीलाई होटलमा रातभर बलात्कार गरेका थिए । युवती भोलिपल्ट बिहानै महानगरीय प्रहरी वृत कमलपोखरी पुगिन् । दरबारमार्ग एरियाको घटना भएकाले कमलपोखरीका डिएसपी कुलदीप चन्दले ती युवतीलाई दरबारमार्गमा गएर रिपोर्ट गर्न आग्रह गरेका थिए ।

चन्दको आग्रह अनुसार दरबारमार्ग पुगेकी युवतीले सामुहिक बलात्कारको जाहेरी दिइन् । प्रहरीले घटनामा संलग्न एक युवालाई नियन्त्रणमा लिएको थियो, तर मुद्दा शाखाका प्रमुख समेत रहेको इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले मुद्दा चलाउनुको साटो ती युवालाई छाडिदिए । ठकुरीले आर्थिक लेनदेन गरेर छाडेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि छानविन थालेको छ । ‘एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति बनेको छ’ रातोपाटीसँग कुरा गर्दै काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले भने, ‘तीनजना डिएसपी र एक इन्सपेक्टर समेतले घटनाको अनुसन्धान गरिरहेका छन्, हामीले यो घटनालाई गम्भीर रुपमा लिएका छौं ।’

प्रहरीको आन्तरिक छानविन समितिमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपीहरु बेलबहादुर पाण्डे, शेखर खनाल र बसन्त रजौरे सदस्य रहेका छन् । छानविन समितीले ठकुरीलाई नक्साल स्थित प्रहरी प्रधान कार्यालयको १ नम्बर गणमा राखेर इन्सपेक्टर ठकुरीमाथि छानविन शुरु गरेको छ । प्रहरी स्रोतका अनुसार ठकुरी आफैंले पनि आर्थिक लाभ लिएर जघन्य अपराधको अभियुक्तलाई उन्मुक्ति दिएका थिए ।

महानगरीय प्रहरी वृत बालाजु दरबन्दी भएका प्रहरी निरीक्षक ठकुरीलाई गएको असोजमा महानगरीय प्रहरी प्रमुख जय बहादुर चन्दले कालिमाटी वृत्तमा पठाएका थिए । पछि राजनितीक पावर लगाएर उनी दरबारमार्गको मुद्दा शाखामा आउन सफल भएका थिए ।

अर्को बलात्कारको केस पनि गुपचुपमै एउटा धनाढ्य जोडी विगत पाँच बर्षदेखि लिभिङ टुगेदरमा थिए । पछिल्लो सयम उनीहरु बीच सम्बन्ध बिग्रँदै गयो, पुरुष ब्यक्ति अर्को युवतीसँग लागे । धनाढ्यसँग लामो समयदेखि रिलेसनमा रहेकी युवतीले पुरुषब्यक्ति अर्कोसँग लागेको थाहा पाएपछि पैसाको डिमाण्ड गरिन् ।

घटना प्रहरीकोमा पुग्यो, युवतीले बलात्कारको उजुरी दिइन् । घटना गत शुक्रवारको हो, उजुरी हातमा परेको केही घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लियो । तर, वृत्त इन्चार्ज डिएसपी तिलक भारती बिदामा गएको मौका छोपेर इन्सपेक्टर ठकुरीले दोस्रो घटनाको अभियुक्तलाई पनि मुद्धा नै दर्ता नगरी छाडिदिएको बताइएको छ ।

बलात्कार जस्तो जघन्य अपराधको दुवै अभियुक्तलाई आर्थिक लाभ लिएर छाडेको आशंकामा एसपी रामदत्त जोशी नेतृत्वको छानविन समितीले इन्सपेक्टर ठकुरीमाथि छानविन गरिरहेको छ ।