काठमाडाै । चिकित्सा क्षेत्रको बेथितिको खबर पनि छ । समाचार अनुसार डाक्टरको लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएकाले नै बिरामी जाँच्ने गरेका छन् ।
‘मुलुकमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिनैपर्ने नियम छ । तर पछिल्ला दिनमा भने यसरी लाइसेन्स नलिई प्राक्टिस गर्ने स्वदेशी डाक्टरको संख्या बढ्दो छ ।’ ‘बिरामी सुरक्षाका हिसाबले यो संवेदनशील भए पनि हालसम्म यसबारे खासै निगरानी गरिएको छैन ।’