चालिस कटेसी रमाउँला भनेको, डिभोर्स पो भयो :मनोज गजुरेल (भिडियोसहित)
‘सुन साहिँली , सुन साहिँली
परदेशबाट म आउँला ,
चालिस कटेसी रमाउँला
चालिस कटेसी रमाउँला भनेको त के को रमाउनु ? उल्टो तनाव र प्रेसर बढ्दो रैछ । डिभोर्स हुने रैछ । हामी जस्तो अनुभविलाई सोध्नुस् न । ’
लैनचौरको एक रेष्टुरेन्टमा गफिँदै मनोज गजुरेलले डिभोर्सको बारेमा घुमाउरो तवरले व्यङ्ग्य प्रहार गरे । सिस्नुपानी नेपालले विदेशमा बस्ने श्रमजिवी नेपालीलाई निशुल्क हाँसो र खुशीदिने ‘दुई थोपाहाँसो’को बारेमा जानकारी दिन आयोजित कार्यक्रममा गजुरेलले यस्तो व्यङ्ग्य प्रहार गरेका हुन् ।
मिना ढकालसँगको सम्बन्धविच्छेद पछि मिडियाबाट टाढै बसेका मनोजले घुमाउरो तवरले विवाह र डिभोर्स माथि व्यङ्ग्य गरे । यति बेला आफू योगा र ध्यानमा बस्ने गरेको बताउँदै विषम परिस्थितीमा सम्हालिने क्षमता आउने भएकोले सबैले योगा र ध्यान गर्नुपर्ने उनले बताए ।
बाबा रामदेवको नक्कल गर्दै उनले पेट बढेको बारेमा व्यङ्ग्य प्रहार पनि गरे । सिस्नुपानी नेपालले आयोजना गर्ने ‘दुई थोपाहाँसो’ कार्यक्रममा उनी बाबा रामदेव बन्ने तरखरमा छन् । वैवाहिक सम्बन्ध विच्छेद भएपछि डिभोर्सको बारेमा केही धारणा राख्नको लागि हामीले उनलाई प्रस्ताव राख्यौँ । - उज्यालाे र गफगाफ डटकमकाे सहकार्य ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































