रौतहट । रौतहटको बंकुल बजारमा सिमेन्ट तस्कर र प्रहरीबीच झडप भएको छ। भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करहरुले प्रतिवाद गर्दा झडप भएको हो।

त्यस क्रममा स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर तथा लाठी चार्ज गरेको छ।

तस्करबाट जफल गरेको ४० बोरा सिमेन्ट प्रहरीले गौर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय कोपवा पिपरियाका प्रहरी नायब निरीक्षक अरुण सिंहले जानकारी दिए।

प्रहरीले लाठी चार्ज गर्दा बौधिमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुसवाह सख्त घाइते भएका छन्। उनको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थनीयवासी प्रदीप यादवले जानकारी दिए।