काठमाडौँ/ नयाँ शक्ति नेपालका सं‌योजक डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वको समयमा व्यक्ति हत्या मुद्दामा जेल परेका मा‌ओवादी नेता बालकृष्ण ढुंगेललाई बिहीबार भेटेका छन् ।

[caption id="attachment_71748" align="aligncenter" width="1000"] फायलफाेटाे[/caption]

नेता भट्टराईले डिल्ली बजारस्थित सदर खोरमा पुगेर ओखल‌ढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर ढुंगेललाई भेटेपछि आफूलाई आत्मग्लानी भएको प्रतिक्रिया दिएका छन् ।

ढुंगेललाई जनयुद्धका सहयोगद्धाको संज्ञा दिँदै भट्टराईले दुस्ख व्यक्त गरेका हुन् । 'जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई डिल्लीबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानिको अनुभूति भयोु, बाबुरामले भनेका छन्, क्रान्तिलाई 'अपराध' मान्न मन कत्ति तयार भएन।'

उनले बालकृष्णसहितले जनयुद्धको क्रान्तिमार्फत देशमा अहिलेको परिवर्तन ल्याएको जिकिर गर्दै उनलाई जेल हालेर बेठीक गरिएको तर्क गरिएका हुन् ।

'जनयुद्धरूपी क्रान्तिकारी रूखको फल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसीरसमानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखका बालकृष्ण ढुंगेलहरू जस्ता हाँगाहरूलाई बालेर आगो ताप्न कसरी सकिन्छ र ?' , बाबुरामले प्रश्न गरेका छन् ।

अन्न्पुर्णपाेष्ट