विराटनगर/ विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ६ लेनको सडक विस्तार आयोजनाको काम फेरि रोकिएको छ ।
व्यापारिक मार्ग विस्तार आयोजना इटहरी कार्यालयका इन्जिनियर सुमोद पोखरेलले बजेट अभावले निर्माण कम्पनीको बील भुक्तानी गर्न नसक्दा विस्तारको काम रोकिएको बताए ।
४९ कि.मी. लामो सडकको १० अर्ब ९८ करोड रुपैयाँमा ठेक्का पाएको कम्पनीलाई साढे एक अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको आयोजनाले जनाएको छ ।
अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का स्वीकृति तथा श्रोत सुनिश्चितता नदिएकोले यो सडक पूर्वाञ्चलको मुख्य व्यापारिक मार्ग भएतापनि ओझेलमा परेको छ ।