विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले पेट्रोलियम पदार्थ खरिद गर्न नगरपालिकाको सिफारिस अनिवार्य गरेपछि सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । नगरपालिकाका प्रमुख रविन राईले नेपालबाट भारतर्फ पेट्रोलियम पदार्थ तस्करी भएको भन्दै पम्पहरुलाई नगरपालिकाको सिफारिसका आधारमा मात्र पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न उर्दी जारी गरेपछि सर्वसाधारणले इन्धन पाउन सास्ती बेहोर्नु परेको हो । तस्करी रोक्न भन्दै मोरङको रतुवामाई नगरपालिकाले पेट्रोलियम पदार्थ खरिद गर्न नगरपालिकाको सिफारिस अनिवार्य गरेपछि सर्वसाधारणले सास्ती बेहोर्नु परेको उनीहरु बताउछन् । नगरपालिकाका प्रमुख रविन राईले नेपालबाट भारतर्फ पेट्रोलियम पदार्थ तस्करी भएको भन्दै रतुवामाई नगरपालिकामा भएका ४ पम्पहरूलाई नगरपालिकाको सिफारिसका आधारमा मात्र पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न उर्दी जारी गरेका छन् । नगरपालिकाको यस्तो व्यवस्थासँगै स्थानीयहरूले सास्ती भोग्नु परेको छ । नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी भएको कारण तस्करी बढेकोले यस्तो व्यवस्था लागू गरेको नगर प्रमुख राईको भनाई छ । नेपालका पम्पहरूले तेल तस्करी गरेर भारत पु¥याएको पाएपछि कडाइ गरेको नगर प्रमुख राईको भनाइ छ । पम्पमा आएको अधिकांश इन्धन भारत तस्करी हुँदा स्थानीयले पेट्रोलियम पदार्थ नपाउने अवस्था बनेपछि कडाई गरिएको राईले बताए । चैत महिनामा किसानले चैतेधान खेती गर्न डिजल नपाएपछि कडाइ गरेको उनले बताए । इन्धन लिन नगर क्षेत्रको जुनसुकै वडा कार्यालयबाट सिफारिस लिन सक्ने व्यवस्था गरिएको उनको भनाई छ । नगरपालिकाकाले सवारी साधनमा तेल हाल्न सिफारिस लिनुपर्ने बाध्यात्मक व्यवस्था नगरेको तर ड्रममा तेल हाल्नेहरूले भने आफ्नो वडाको सिफारिस लिएर तेल खरिद गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । किसानहरूले तेल नपाएको गुनसो गरेका कारण यो नियम लागु गरिएको राईको भनाइ छ । नगर प्रमुख राईले रतुवामाइ नगरपालिका ३ सिजुवामा रहेको पीसी सप्लायर्सले इन्धन अपचलन गरेको भन्दै सप्लायर्समा पठाउने इन्धन ७५ प्रतिशत घटाएको नेपाल आयल निगम क्षेत्रीय डिपो कार्यालय विराटनगरमा पत्राचारसमेत गरेका छन् । नगरप्रमुखको पत्रपछि निगमले सो पम्पमा पठाउने तेल कटौती गरेको निगमले जनाएको छ । यसअघि दैनिक ८ हजार लिटर डिजल निगमले सो पम्पमा पठाउने गरेकोमा अब ४ हजार लिटर मात्र पठाउने र अनुगमनपछि थप निर्णय लिने निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी दिए । आइतबार सार्वजानिक विदा परेकोले सोमबारदेखी उक्त पम्पमा तेल कटौति गरी पठाउने बताइएको छ । केपीसी सप्लायर्सका सञ्चालक हितेन्द्रकुमार अग्रवालले नगरप्रमुखले आपूmहरुको कुनै गल्ती नभएको बताउँदै उनले फसाउने प्रयास भएको गुनासो गरे । ‘सर्वसाधरण जनतालाई दुख दिने नियतले नगर प्रमुखले सिफारिस दिने नियम लागु गरेको छ,’ उनले भने, ‘पहिले २÷३ हजार लिटर इन्धन विक्री हुने गरेको थियो । अहिले विक्री नै छैन । त्यसमाथि मेरो कुनै गल्ती बेगार नगर प्रमुखले पत्रचारको आदरमा निगमबाट तेल आउन रोकिएको छ ।’ नगरपालिकाको नयाँ नियमपछि पेट्रोल सञ्चालकहरू पनि आक्रोशित छन् ।