काठमाडाै । एमाले–माओवादी एकता प्रक्रियाकै विषय उठाएको छ । एकतापछि बन्ने पार्टीको सांगठनिक संरचनाबारे कतिपयमा सहमति जुटे पनि केही विषय छलफलमै छन् ।

एमाले–माओवादी पार्टी एकतालगत्तै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी भएको छ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि पुच्छर हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् । पार्टी एकतालगत्तै जनसंगठन एकीकरण गर्ने र पेसागत संगठनको एउटै महासंघ बनाउने विषयमा पनि मतैक्य देखिएका छन् । एकीकृत पार्टीको केन्द्रीय कमिटी ३ सयदेखि ३५० सदस्यीय बन्ने भएको छ । एमालेका २०६ र माओवादीका ९९ सदस्यलाई एकीकृत पार्टीमा समेट्ने विषयमा नेताहरुबीच अनौपचारिक छलफल भइरहेको बताइएकाे छ । पोलिटब्युरो १०० र स्थायी समिति ३५ हाराहारी बनाउने तयारी छ । प्रदेश र जिल्ला कमिटि भने ५० देखि १ सय १५ सम्मको हुने सम्भावना छ ।