मोरङ । मोरङको सुन्दर-हरैचा नगरपालिका-३ बस्ने २४ बर्षिय कृष्ण धामीले शनिबार आफ्नै ५५ बर्षिय बाबु राम बिलास धामी र आमा ४५ बर्षिया दसमी धामीलाई खुकुरी प्रहार गरेका छन्।

बेलुका ८ बजेतिर सामान्य विवाद हुँदा कृष्णले बाबु आमालाई खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा गहिरो चोट लागेका दम्पतीको विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने कृष्ण इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणाम छन्।