चक्रघट्टि । नेपालमा अहिले सम्म सर्पदंशको औषधी उत्पादन हुन नसकेको अबस्थामा एन्टि स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रा.लि. ले सुनसरीको बराहक्षेत्र ३ मा नेपालकै पहिलो पटक सर्प दंश औषधी उत्पादन गर्ने उद्योग सन्चालन हुने भएको छ । भवनको सिलान्यास १ नं प्रदेश मुख्य मन्त्रि शेरधन राइले गरेका छन् । प्रत्येक बर्ष राज्यको ठुलो धनराशी विदेसिएको र दिर्घकालिन समस्या समाधान समेत नभएका कारण नेपालमै दिर्घकालिन समस्या समाधान गर्न र देशलाई सर्प दंश औषधीमा आत्मनिर्भर बनाउने उदेश्यका साथ कम्पनि स्थापना गर्न लागिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सर्प दंश औषधी भारतबाट वार्षिक करोडौको औषधी खरीद गर्दे आएको अबस्था छ । बराहक्षेत्र ३ को बेलाहामा ८ बिघा जमिनको क्षेत्रफलमा ८८ करोड ६३ लाख लगानीमा ४ बर्षमा उक्त कम्पनी सम्पन्न गर्ने योजना रहेको छ । देशलाई आर्थिक समृद्धि तथा सर्प दंश क्षेत्र उत्पादन क्षेत्रमा आत्म निर्भर बनाई आगामी दिनमा नेपाली जनतालाई अकाल मृत्युबाट बचाउने उदेश्यले नेपालमै सर्पदंशको औषधी निर्माण गर्न लागीएको एन्टि स्नेक भेनम सेरम रिसर्च प्रा.लि. का अध्यक्ष लक्ष्मी प्रसाद फुयालले बताएका छन् । यस कम्पनिमा प्राविधिक तथा अप्राबिधिक ४ सयजनालाई रोजगारी उपलब्ध गराइने जानकारी फुयालले दिएका छन् । “नेपालमा अहिलेसम्म सर्पदंशको औषधी उत्पादन गर्ने कम्पनि स्थापना हुन सकिरहेको थिएन । यस तर्फ राज्यको ध्यान जान नसकेको अबस्थामा धेरै मात्रामा बजेट बाहिरीरहेको र धेरै संख्यामा नेपालीले मृत्युवरण गर्नु परेको अवस्था थियो । यो उद्योग स्थापना हुनु बिकास र सम्वृद्धिको महत्वपुर्ण अंग हो । आज निजी क्षेत्रबाट एन्टि स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रा.लि.ले आट,हिम्मत,साहस र मानविय संबेदनशीलतालाई आत्मसात गर्दे औषधी उत्पादन गर्ने उद्योगको स्थापना गर्न तत्पर हुनु प्रसंसनिय ,शाहसी कार्यका साथै प्रदेश नं १ को सौभाग्य र गौरबको बिषय रहेको प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राइले बताएका छन् । देशले नया युग र सम्वृद्धिको बाटो तय गरीसकेको बेला,सिंगो मुलुकनै विकास र सम्वृद्धिको ऐेजेन्डामा केन्द्रित भैरहेको बेला नेपालमै पहिलो पटक यो उद्योगको सिलान्यास भएको छ । यो खुशी,सौभाग्य र गर्वको कुरा रहेको छ । भोलीका दिनमा संघिय सरकार, प्रदेश सरकारको तर्फबाट यस उद्योगलाई उपलब्ध गराउनु पर्ने सहयोग जुन कानुनी, दलहरुसँग सम्बन्धित ,उपयुक्त विज्ञहरु सँग सम्बन्धित, बजार र मुल्यको क्षेत्रमा,आर्थिक सहकार्यको सहयोग लगायतका सबै प्रकारको सहयोग आफुबाट दिलाउने प्र्रतिवद्धता राईले जनाएका छन् । ” सर्पबाट बिष निकालेर सर्पका विज्ञ प्रेम बिष्टले डेमो प्रदर्शनी गरेका थिए । आयोजकको तर्फबाट प्रदेश नं १ का मुख्यमन्त्रि शेरधन राइलाई अभिनन्दन गरीएको छ ।