चक्रघट्टि ।बराहक्षेत्र नगरपालिका ७ मा आदीबासी जनजाति महिला महासंघको आयोजनामा एक दिवसिय वातावरणीय सरसफाई सम्बन्धि आधारभुत तालिम सम्पन्न भएको छ । बिभिन्न सामुदायिक बिद्यालयका शिक्षक, बिद्यार्थीहरु, सामुदायिक वनका प्रतिनिधिहरु , जनप्रतिनिधि लगायतका सहभागीहरुलाई सरसफाई सम्बन्धि चेतना अभिवृद्धि गरी वडाको वातावरणीय स्थिति र जनस्वास्थ्य सुधारका लागि वातावरणीय सरसफाई सम्बन्धि आधारभुत तालिम सञ्चालन गरीएको संस्थाकी अध्यक्ष संगिता सुब्बाले बताइन् । कृति टि.भीका कार्यक्रम निर्देशक मोहन श्रेष्ठले प्रशिक्षण दिइएको तालिममा ३० जना सहभागि रहेका छन् । हामी सम्पुर्णको नारा, सफा राखौ गाउँ, टोल, सारा नारा रहेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष संगिता सुब्बाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं ७ का अध्यक्ष बिर बहादुर लिम्बु रहेका थिए ।