शनिश्चरे । झापाको दमक नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ ।
एक कार्यक्रमकाबीच प्रदेश नंम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले दमक पूर्ण खोपयुक्त नगर बनेको घोषणा गरेका हुन् ।
सोमवार आयोजित कार्यक्रममा मन्त्री घिमिरेले समाजको विकासका लागि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्थानीय तहको ध्यान जान अतिनै जरुरी भएको बताए ।दमकमा १० वटै वडामा रहेका १ हजार ६ सय ७५ घर धुरीमा गरेको सर्वेक्षणका आधारमा दमकलाई पूर्ण खोपयूक्त घोषणा गरिएको दमक नगरपालिका उप प्रमुख तथा नगर प्रवक्ता गीता अधिकारीले जनाइन् ।
दमक पुर्ण खोपयुक्त नगर घोषित भएसंगै अब झापामा एउटा नगरपालिका र एउटा गाँउपालिका पुर्णखोपयुक्त बन्न बाँकी रहेको जिल्ला जनस्वाथ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाले बताए । उनले असारको पहिलो हप्ता सम्ममा पुरै जिल्ला पूर्ण खोपयूक्त बन्ने उल्लेख गरे ।