भद्रपुर । गणतन्त्र दिवसको अवसर पारेर यहाँ स्थित एक सरकारी अस्पतालमा रहेका एक सय भन्दा बढी विरामीलाई फलफूल वितरण गरिएको छ । झापाको भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालमा रहेका बिरामीलाई मङ्गलबार विहान फलफूल बितरण गरिएको हो । भद्रपुर नगरपालिकाको आयोजना तथा अस्पतालको संयोजनमा गएको एक टोलिले आकस्मिक वाड देखि मेडिकल,सर्जिकल,गाइनो, बच्चा र पोषण पुर्नस्थापना केन्द्रमा रहेका बिरामीलाई फलफूल दिएका थिए । कार्यक्रममा नगर प्रमुख जीवन कुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत तुलसी बहादुर श्रेष्ठ, अस्पतालका मेडिकल सुपरीटेण्ड पिताम्बर ठाकुर, स्थानीय विकास अधिकारी खेमराज ओझा, सञ्चारकर्मी लगायतले बिरामीको अवस्थाका बारेमा जानकारी लिदै फलफूल प्रदान गरेका थिए । त्यसैगरि सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले चालिस जना रक्त दातालाई प्रमाण पत्र बितरण गरेको छ । सेवा केन्द्र र मदन मेमोरियल(नरसि क्याम्पस)को आयोजनामा गत बैशाख २० गते १६ जना महिलासहित ४० जनाले रगत दान गरेका थिए । वडा प्रहरी कार्यालयको परिसरमा आयोजित कार्यक्रममा झापाका एसपी विष्णु कुमार केसी,नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ,राप्रपा महिला जिल्ला अध्यक्ष राधा कार्की,नेपाली काँग्रेस क्षत्रीय महिला सचिव शिला तामाङ् लगायतले दाताहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । सेवा केन्द्रका अध्यक्ष शिला खडकाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।