पथरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर–२, वडाकार्यालयले वडाको दुई दर्जन कृर्षकहरुलाई सम्मान गरेको छ । शुक्रकार वडा कार्यालयमा वडाका अगुवा कृर्षक सम्मेलनको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरुमा भरत चौधरी,तिर्थबहादुर कार्की,नर्भानन्द चौलागाई,रविलाल दाहाल,कृष्ण बिष्ट,सदरसिं धिमाल,हुना राजवंशी,जनक बहादुर कार्की,मोहन बहादुर पराजुली,बमबहादुर राजवंशी,पीताम्बर खतिवडा,खगेन्द्र ओझा,सम्पतलाल मण्डल,भुइका राजवंशी,यज्ञप्रसाद ओझा,टिम पोल्टी र्फाम,केरौन दुग्ध उत्पादक संस्था लि.,मुक्ति कृषि सहकारी संस्था,धर्तीमाता कृर्षि सहकारी संस्था लि.,नव दुर्गा डेरी उद्योग,शंखर राजवंशी,रमेश चौधरी र रामबहादुर बस्नेत रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र अतिथि प्रशासकिय अधिकृत नारायण न्यौपानेले सम्मान पत्र, दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले कृर्षि क्षेत्र भएनि प्रयाप्त कृर्षीमा लगानी गर्न नसकिएको बताए । वडा स्तरीय,गाउँपालिका स्तरीय कृर्षिको बृह्रद योजना बनाएर त्यसको लगानी गरेर कृर्षिमा कानेपोखरी गाउँपालिकाले क्रान्ति गर्नु पर्ने उनले बताए । कार्यक्रममा पत्रकार अर्जुनकुमार आचार्यको कृषी क्षेत्र विकास सम्बन्धी योजना तथा प्रस्तावना पत्र–२०७५, ६ पेजको प्रस्तुत गरी प्रस्तावना माथी छलफल भएको थियो । छलफलमा कृर्षक कमल कार्कीले प्रस्तावनामा दुध उत्पादन र व्यावस्थापनको मात्र योजना रहेकोले प्रस्तावना सवै कृर्षकहरुलाई जस्तै फलफुल,तरकारी खेती,माछा खेती पशु पालन,बाख्रा पालन जस्ता समेटेको हुनु पर्नेमा जोड दिएका थिए । अर्का कृर्षक गोपाल खड्काले अहिले धर्तीमाता कृर्षक सहकारी संस्थाले माछा उत्पादन गर्दै आएकोले त्यसको बजार नपाउँदा कम मुल्यमा बेच्नु पर्ने बताएका थिए । लगानी धेरै कम मुल्यमा बेच्नु पर्दा किसान घाटामा जाने हुनाले स्थानीय सरकारले बजारको व्यावस्था गरिदिनु पर्ने उनले बताए । त्यसैगरी अर्का कृर्षक तिर्थबहादुर कार्कीले सरकारले कृर्षीमा लगानी धेरै गरेर कृर्षीमा क्रान्ति गर्नु पर्ने बताए । सरकारले बाहिरको आयतमा रोक लगाएर यहाँको कृर्षकहरले उत्पादन गरेको जुनसुके चिजवस्तुहरुले बजार पाउने उनले बताए । कार्यक्रमको अध्यक्षता वडाध्यक्ष सुशिल बुढाथोकीले गरेका थिए भने कार्यक्रम संचालन वडासदस्य अर्जुन मगरले गरेका थिए ।