भद्रपुर । झापाको कचनकवल गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका ६ स्थित सिंगिमारी निवासी मोहमद् राजबंशीकी १२ बर्षीया छोरी ईन्दिरा राजबंशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार दिउँसो घरकै टेबल पंखामा बिजुलीको प्लग जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएकी बालिकालाई उपाचारको लागी भद्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।