भेडेटार । अहिले शहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापन चुनौतिपुर्ण बनिरहेको छ । पर्यटकिय क्षेत्र भेडेटारलाई पनि फोहोर ब्यवस्थापन टाउँको दुखाई बन्दै आएको छ । दर्जनौ होटलहरुबाट उत्पादित फोहोर वन क्षेत्रमा फालिदै आएको छ ।
केहि फोहोर भने धरान ल्याउँन थालिएको छ । पर्यटकिय नगरीलाई संधै सुन्दर तथा हरावरा वनाई राख्न आफै फोहोर संकलनमा लागे पनि ब्यवस्थापनमा भने समस्या हुदै आएको होटल ब्यावसायीहरु वताउँछन । फोहोर फाल्नलाई स्थानको अभाव भए पछि अहिले पर्यटकिय क्षेत्र भेडेटारमा फोहोर ब्यवस्थापन ब्यावसायीहरुको टाउको दुखाई बन्न पुगेको हो । होटल भेडेटार भ्यूका सञ्चालक संजिव खड्काले फोहोर दैनिक उत्पादिन हुन्छ फोहोर फाल्ने ठाउँ छैन । पर्यटकिय क्षेत्रमा फोहोर ब्यवस्थापन समस्या भयो उनी भन्छन् । हप्तामा एक पटक मात्र धरानबाट आएको गाडीले फोहोर उठाउँन सक्दैन फोहोर गन्हाउँछ उनले भने । अहिले धेरै पर्यटक आउँने समय हो पर्यटकको यो बेला घुइँचो लाग्छ उनले भने ।
भेडेटारमै रहेको अरुण टप होटलका सञ्चालक रमेश श्रेष्ठले पनि भेडेटारमा फोहोर ब्यवस्थापन जटिल भएको सुनाउँछन । होटलहरुमा दैनिक धेरै फोहोर उत्पादन भए पनि ति फोहोरहरु डम्पिङ साईड अभाबले फाल्न नपाएको उनको गुनासो छ । पर्यटकहरु आउँने ठाउ सफा सुगर राख्नै पर्यो,फोहोर राख्ने ठाउँको धेरै नै समस्या होटल ब्यावसायीहरुलाई भयो उनले भने । नाम्चे होमस्टेको अध्यक्ष अनिलकुमार राणाले मनपरी फोहोर फोहोर फालेर वन नै कुरुप भएको वताए ।
होटल सञ्चालकहरुले जथाभावी फाल्दा समस्या भईरहेको वताए । होटलबाट उत्पादित फोहोर सिसा,प्लाष्टिक फाल्दा अहिले रमेतेडाडा वन क्षेत्र दुर्गन्धीत भईरहेको वताए । होमस्टे तिर फोहोर ब्यावस्थापनमा समस्या छैन । हामीले फोहोर बारीमै जलाउँछौ तर होटलहरुको फोहोर ब्यावस्थापनमा समस्या धेरै रहेको राणाले भने ।
होटल एसोसिएसन भेडेटारको अध्यक्ष लिलाराज लावतीले होटलहरुबाट उत्पादित फोहोर समस्या भएको वताए । फोहोर ब्यवस्थापन अहिले हाम्रो लागी समस्या बन्दै आएको छ लावतीले भने । धरानबाट हप्तामा २ वटा मिनि ट्रिपरले फोहोर लौजान्छ त्यसले हामीलाई धेरै राहत भएको छ लावती भन्छन् ।
धनकुटा र सुनसरीमा सिमानामा पर्ने भेडेटार अहिले फोहोर ब्यवस्थापनकै कारण समस्यामा पर्ने थालेको उनी बताउँछन । सहरी डिभिजन कार्यलयको सहयोगमा सानो डम्पिङ साईड बनाए पनि प्रयोगमा आउँन नसकेको उनको भनाई छ । गर्मीको गन्तब्य भेडेटार धनकुटा र सुनसरीको सीमामा अवस्थित भेडेटार बजार धरानबाट १६ किलोमिटर उत्तरमा छ। इटहरी, धरानमा उखरमाउँलो गर्मी हुदा भेडेटारमा भने छिनछिनमा मौषम परिवर्तनले जाडोले कमाउँछ ।
प्रचण्ड गर्मीलाई च्यालेञ्ज गदै भेडेटारले पर्यटकहरुलाई कुलकुल बनाउँदै आएको छ । अहिले पर्यटकहरुको संख्या भेडेटारमा ह्वात्त बढेको छ । शनिवार इटहरीबाट भेडेटार घुम्न पुगेका इटहरीका विद्यार्थी नेता प्रमोद भट्टराईले अत्यन्तै रमाईलो भएको वताए । इटहरीको गर्मी सम्झदा त अहिले दिक्क लाग्छ उनले भने ।
उनी मात्रै होइन, इटहरी, विराटनगर,धरान,जोगवनी, इनरुवातिरबाट पनि पाहुना एवं साथीभाइ घुमाउन, प्रेमजोडी रमाउन सबैको लागी गर्मीको गन्तव्य बन्न पुगेको छ भेडेटार । होटल एसोसिएसन भेडेटारको अध्यक्ष लिलाराज लावतीले पर्यटकहरुको संख्या बढ्दै गएको वताए । ३ वर्षयता भेडेटारको होटल व्यावसायमा ठूलो लगानी भएको उनी बताउँछन ।
स्तरीय होटल तथा लज खुलेका छन । करीब ४५ बटा होटल रहेको वताउँदै लावतीले भने होटलहरु खुल्ने क्रम पनि जारी छ । तथापी पार्किङ र होटलमा काम गर्ने कामदारको समस्या भने ठुलो रहेको उनको भनाई छ । लामो समय सम्म होटलमा कुकहरु नबस्दा बेला बेला समस्या हुने गरेको होटल ब्यावसायीहरुको भनाई छ । भेडेटार (१,४२० मिटर) धनकुटाको भेडेटार गाविसमा पर्छ।