विजयपुर/ धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले जातिय आधारमा भेदभाब गर्ने जो कोहीलाई कारबाही हुने बताएकी छिन् । धरान उपमहानगरपालिकाको न्यायीक समितीको संयोजक समेत रहेकी उप प्रमुख भण्डारीले यदी कसैले जातका आधारमा भेदभाब गरे उपमहानगरपालिकाको न्यायीक समिती वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न आग्रह गरिन ।

१३ औं छुवाछुत मुक्त राष्टिय दिवसको अवसरमा दलित विकास समितीद्धारा आयोजीत कार्यक्रममा उनले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ले जातिय भेदभाब र छुवाछुत गर्नेलाई २५ हजारसम्म जरिवाना र ३ वर्षसम्म जेल सजाय हुने ब्यबस्था गरेको समेत उल्लेख गरिन । समितीले छुवाछुत मुक्त राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी आयोजना गरेको थियो ।

धरान उपमहानगरपालिकाको कार्यकलयबाट सुरु भएको प्रभातफेरी लोकतान्त्रीक चौतारी भानुचौकमा पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो ।दलित विकास समितिका सदस्य तथा छुवाछुत मुक्त राष्टिय दिवस कार्यक्रमका संयोजक धनबहादुर धमालको सभापतित्वमा सम्मपन्न कार्यक्रममा दलित विकास समितिका संयोजक किशोर परियाले स्वागत मन्तव्य राखेका थिए ।

नौमती बाजा सहित निस्कीएको प्रभातफेरीमा १ नम्बर प्रदेश सांसद उमिता बराईली, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे, दलित सेवा संघका केन्द्रीय सहअध्यक्ष रमेश गजमेर, दलित उत्थान समन्वय समितिका अध्यक्ष दिलबहादुर रामदाम, परियार सेवा समाजका केन्द्रीय सदस्य लक्ष्मण दास, विश्वकर्मा समाज नेपाल १ नम्बर प्रदेशका संयोजक लालबहादुर सिन्च्यूरी, महिला सञ्जाल धरानकी अध्यक्ष शीला बज्राचार्य लगायतको उपस्थिती रहेको समितीका सदस्य सचिब तारा लामगादेले जानकारी दिए ।

धरान उपमहानगरपालिकाका १ देखि २० नम्बर वडाका जनप्रतिनिधिहरु, नेपाली काँग्रेस, राप्रपा, नेकपा (नेकपा), दलित सेवा संघ सुनसरी जिल्ला समिति, धरान नगर समिति, परियार सेवा समाज सुनसरी जिल्ला समिति तथा धरान नगर समिति, उत्पीडित महिला सशक्तिकरण अभियान, दलित महिला सञ्जाल धरान, श्री विश्वकर्मा कल्याण सेवा समिति धरान, मिजार सेवा समाज, मरिक (डोम) सामुदायिक उत्थान मञ्च, दलित विकास समिति धरान १७ सरस्वती टोल कमिटी लगायत विभिन्न ३५ वटा संस्थाहरुको आ आफ्नो ब्यानरसहित कार्यक्रममा सहभागीका भएका थिए । तस्विर उपलब्ध छ ।