धनकुटा/ समावेशी समाज विकास नेपाल धनकुटाको आयोजनामा गत फागुन २० गते देखि हिलेमा सञ्चालित व्यूटिसियन सम्वन्धि आधारभुत तालिम सनिवार सम्पन्न भएको छ । तिन महिने व्यूटिसियन तालिम धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सो अवसरमा वोल्दै धनकुटा नगरपालिकाका मेयर तामाङ्गले यो तिन महिने आधारभुत तालिमले मात्र व्यूटिसियन तालिमको सिप पूरा नहुने भन्दै अव फेरी डिप्लोमा तहको तालिम सञ्चालनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने वताएका छन् ।
उनले तालिममा सिकेको ज्ञान सिपलाई व्यावहारमा उतार्न पनि सहभागी प्रशिक्षार्थिहरुलाई आग्रह गरेका थिए । व्युटिसियन तालिममा धनकुटा नगरपालिकावाट ८० हजार, वडा नं. १ हिलेको वडा कार्यलयबाट ६० हजार र आयोजक संस्थाको ३० हजार गरी जम्मा १ लाख ७० हजारको लागतमा तालिम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ ।
तिन महिने तालिममा वडा नं.१ का १५ जना महिलाहरुले सहभागीता जनाएका थिए । तालिमको क्रममा सिकेको ज्ञान सिपलाई सहभागीहरुले तालिम समपन कार्यक्रममा अभ्यास गरेर प्रर्दशन पनि गरेका थिए । अभ्यासमा कार्यक्रमका अतिथि तथा सौन्दर्य कला व्यवसायी संघका जिल्ला सल्लाहकार कृष्ण आचार्यले अवलोकन गरी सहभागी मध्ये तीन जनालाई प्रथम, दोश्रो र तेश्रो छनौट गरेका थिए ।
जस अन्तर्गत अभ्यास प्रदर्शनमा मेकप तर्फ ईन्दिरा मल्ल ठकुरी राई, मेहेन्दि लगाउने तर्फ अञ्जना तामाङ्ग र कपाल रोलिङ्ग गर्ने तर्फ प्रमिला राईले विजय हाशिल गरेका थिए । उनीहरुलाई व्यूटीपार्लर सम्वन्धि प्रयोग गरिने सामान पुरस्कार स्वरुप तालिम समापन समारोहका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रदान गरेका थिए ।
समावेशी समाज विकास नोपलका अध्यक्ष मनकला लिम्वुको अध्यक्षतमा सम्पन्न तालिम समापन कार्यक्रममा वडा नं.१ हिलेका वडाध्यक्ष निरेन तामाङ्ग, होटल एशोसिएशन धनकुटाका अध्यक्ष खगेन्द्र कुमार विष्ट, वुद्धीजीवि तथा समाजसेवि एवम् वडा सदस्य लालचन्न्द्र गोङ्गवा तामाङ, वडा सदस्य फुलमाया विश्वकर्मा लगायतकाले शूभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थिहरुको तर्फवाट अञ्जना तामाङ्गले आफ्नो विचार राख्दै आफुले निःशुल्क तालिम लिन पाउदा खुशी लागेको र हौसला मिलेको वताउकी छन् । उनले अव डिप्लोमा कोर्षको समेत तालिम लिन पाए अझ केही गर्नका लागि मानोवल मजवुत हुने आशा गरेकी छन् ।
तालिममा सहभागी सवैलाई आयोजक संस्थाको तर्फवाट सिप सिकेको प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि चिन्तन तामाङले प्रदान गरेका थिए । कार्यक्रमको संचालन संस्थाकी सदस्य मानबी मोक्तानले गरेकी थिईन ।