विजयपुर । भारत, भुटान, बंगलादेश र चीनका पर्यटकहरुलाई लक्षित गरेर धरानमा ‘इस्ट टुरिजम मार्ट’को आयोजनाहुने भएको छ । कार्यक्रममा पर्यटन सम्बन्ध ‘बिजनेस डिल’ हुने आयोजकले जनाएको छ ।पर्यटन ब्यासायीहरु बिच हुने बिजनेस डिलमा १ नम्बर प्रदेशका ‘टुर प्याकेज’हरुको खरिद बिक्री हुने छ । नेपाल पर्यटन बोर्डको आयोजना र धरान उपमहानगरपालिकाको संयोजनमा मार्ट हुन लागेको हो । मार्टमा भारत,भुटान,बङगलादेश र चाईनाका पर्यटन ब्यबसायी र धरान र एक नम्बर प्रदेशका पर्यटन ब्यबासायी बिच बिजनेश डिल हुने छ ।पर्यटन ब्यबसायीहरुलाई बिजनेस डिल गर्न जेठ २४ गते देखि २६ गते सम्म धरानमा वातावरण बनाईएको इष्ट टुरिजम मार्टका अध्यक्ष भविसकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो मार्टमा पर्यटकीय क्षेत्रहरु घुम्ने र घुमाउने बिषयमा पर्यटन ब्यासायीहरु बिच प्याकेजको किनबेच हुन्छ ।बिदेशका पर्यटन ब्यासायीहरुले एक नम्बर प्रदेशका पर्यटकिय क्षेत्रहरुको प्याकेजहरु किन्ने र उक्त प्याकेज अनुसार पर्यटकहरु लिएर आउने गरि यो कार्यक्रम आयोजना गरिएको हो अध्यक्ष श्रेष्ठले भने ।कार्यक्रममा भारतका ग्रामिण पर्यटनका अभियान्ता राज बसु, पर्यटन विज्ञ राज ज्ञावली, बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र वावु बस्नेत लगायतले पर्यटनबारे प्रवचन समेत दिने कार्यक्रम रहेको छ । बिजनेस डिलका लागि पूर्वका प्रमुख गन्तव्यहरु सगरमाथा बेस क्याम्प,बराह क्षेत्र, सखडाछिन्नमस्ता,हलेसी, जनकपुर, कोशी टप्पु बन्य जन्तु आरक्षण, प्राचिन हरिद्वार बराहक्षेत्र, एतिहासिक विजपुर, गुफापोखरी, तीनजुरे मिल्के जलजले, इलाम, पाथिभरा लगायतका क्षेत्रको स्थानिय पर्यटन ब्यासायीले प्याकेज तयार पारेका छन् । पुर्वको पर्यटकिय केन्द्र धरान भएकाले अन्य देशका पर्यटन ब्यबसायीहरुलाई धरानमा बिजनेस डिलका लागि कार्यक्रम राखिएको मार्ट आयोजक समितीका सदस्य कृष्ण शाहले बताए । मार्टमा छिमेकी भारतको विहार, पूर्णिमा, कटियार, किशनगञ्ज, पट्ना, सिलुगरी, सिक्कीम, भारत भुटानको जयगाउँबाट पर्यटन ब्यासायीहरु टुर प्याकेज खरिद गर्न तथा उक्त ठाउका गन्तब्यहरु बिक्री गर्न आउने मार्ट आयोजक समितीका अर्का सदस्य बासुदेब बरालले जानकारी दिए । देश तथा बिदेशका पर्यटन ब्यबसायीहरुलाई धरान र धरान आसपासका क्षेत्रहरु ल्याउने र पर्यटकिय गन्तब्यको रुपमा धरानलाई स्थापित गराउन मार्टलाई बिषेश महत्व दिएर आयोजना गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले जानकारी दिए ।