विराटनगर। जिल्ला अदालत मोरङले चालु आर्थिक बर्षमा ६० दशवलभ १५ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ । चालु आर्थिक वर्षको २०७४/०७५ को असार २६ गतेसम्म ६ हजार ४ सय ७३ वटा मुद्दा दर्ता भएकोमा ३ हजार ८ सय ९४ वटा मुद्दा फर्छ्र्यौट भएको हो । मोरङ अदालतले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार २ हजार ५ सय ७९ वटा मुद्दा फर्छ्र्यौट हुन बाँकी रहेको छ । जसमा अघिल्लो आर्थिक वर्षबाट फर्छयौट हुन बाँकी रहेको मुद्दा चालु आर्थिक वर्षमा २ हजार २ सय १३ वटा मुद्दा जिम्मेवारी सरेर आएको जिल्ला न्यायधीश राजुकुमार खतिवडाले जानकारी दिए ।